भीनपा–१६ परिर्वत ग्रुपको विपन्न परिवारलाई आर्थिक सहयोग

कञ्चनपुर : भीनपा १६ मा रहेको परिर्वतन गु्रपले विपन्न परिवारलाई सहयोग गरेको छ । भीनपा –१६ को विभिन्न टोलमा सफाई अभियान तथा सडक बत्तीको अभियान चलाएको परिर्वतन ग्रुपका युवाहरुले यस पटक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको हो ।

भीनपा– १३ वडैपुरका फिरु रावत (४५) को किडनी फेल भई मृत्यवरण गरेका थिए भने त्यसको १५ दिनको फरकमा उनका सहोदर भाई राजकुमार रावत (४०) को क्षयरोगले मृत्यु भएको थिए । आर्थिक अवस्था कमजोर रहेको रावत परिवारलाई सानो भए पनि सहयोग होस भन्ने उद्देश्यका साथ परिर्वतन ग्रुपका युवाहरुले पिडितको घरमा गई रु. ६ हजार ७ सय ५५ रुपैयको सहयोग गर्नुको साथै घरपरिवारमा सम्वेदना व्यक्त गरेका थिए । ‘यस दुखद घडीमा घर परिवारलाई सानो भए पनि आर्थिक सहयोग होस भन्ने उद्देश्यले सहयोग गरेको’ परिर्वतन ग्रुपका संयोजक धर्मराज पन्तले बताए । उनले भने ‘हामीले सक्दो सहयोग गरेका छौं, सकिन्छ भने विपन्न रहेको रावत परिवारलाई यस दुःखद घडीमा सबैले सक्दो सहयोग गरौं र मानवता अझै पनि जिवित छ भन्ने उदाहरण दिऔं ।

भीनपा–१६ का वडा अध्यक्ष लगायत परिर्वतन गु्रपका युवाहरुको टोलीले पिडित परिवारलाई घरमै गएर गएर सहयोग गरेका हुन् । भीनपा–१६ का अध्यक्षले यस दुःखद घडीमा परिवारजनमा सम्वेदना व्यक्त गर्नुको साथै घरपरिवार सँग भेटगरी समस्या बुझेका छन् ।

ताजा समाचार