दैजीमा सवारी दुर्घटना

हरिश्चन्द्र बाग/ कञ्चनपुर :  पूर्व(पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको दैजी क्षेत्रमा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बस्ने ३२ वर्षीय ललित जोशीको शुक्रबार बेलुका भएको सवारी दुर्घटनामा ज्यान गएको हो ।

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार जोशीको ज्यान गएको बताइएको छ । यद्यपि ट्रकले ठक्कर दिएको हो वा अन्य सवारी साधनले भन्ने विषयमा अहिलेसम्म पुष्टि भने हुन सकेको छैन । जोशी स्थानीय स्तरमा सक्रिय मार्केटिङ व्यवसायीका रूपमा परिचित व्यक्ति हुन् ।

घटनापछि प्रहरीको टोली तत्कालै घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिनुभयो । ूघटनास्थलमै पुगेर प्रारम्भिक विवरण सङ्कलन गरिरहेका छौँ, दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ,ू डिएसपी बोहराले बताउनुभयो । घटनाबारे थप जानकारी केही समयमा अद्यावधिक गरिने छ ।

मृतक जोशीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । पछिल्लो समय कञ्चनपुरमा सवारी दुर्घटनाका घटना बढ्दै गएका छन् । ट्राफिक व्यवस्थापन, गति नियन्त्रण र सवारी साधनको चेकजाँचमा अझ कडाइ आवश्यक देखिएको आम नागरिकको धारणा छ ।

ताजा समाचार