माओवादी केन्द्र भि.न.पा–५ मा २१ सदस्यीय वडा समिति गठन

अध्यक्षमा विशाल कुमार तिरुवा

हेमा भट्ट /कञ्चनपुर – भिमदत्त नगरपालिका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भिमदत्त नगरपालिका–५ मा २१ सदस्यीय नयाँ वडा समिति गठन गरिएको छ। क. विशाल कुमार तिरुवाको अध्यक्षतामा प्रारम्भिक रूपमा १३ सदस्यीय कार्यसमिति घोषणा गरिएको समितिलाई पूर्णता दिँदै चाँडै २१ सदस्यीय बनाइने बताइएको छ।

गठित कार्यसमिति निम्नानुसार छ:अध्यक्ष: क. विशाल कुमार तिरुवा उपाध्यक्ष: पुष्पा देवी चन्द सचिव: राजीव नेपाली सहसचिव: बिमला लुहार सदस्यहरू: रघुवीर सेरला, लाल पहरी, धर्मा कामी, श्याम कोली, गजबहादुर चन्द, भगीरथ तिरुवा, सानू नेपाली, हिमान्स नेपाली

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल प्रमुख अतिथि रहेका थिए। साथै, विशिष्ट अतिथिका रूपमा माया नेगी, निरुबिक कामी, देवेन्द्र ढुंगाना, दीपक साउद ‘शेखर’, आनन्दसिंह धामी, बिरेन्द्र बी.सी., पदमराज जोशी, रघुवीर धामी, रमेश पार्की, कमल नेपाली, तेजेन्द्र ऐर, शोभा टमटा, करन बा लुहार, सुरेन्द्र ‘सन्तु’, सुशिला चन्दलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

समितिको सफल गठनमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण कमरेडप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।नवगठित समितिले निष्पक्ष, समाज–टोल र वडा–स्तरको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा समाचार