कञ्चनपुर : कञ्चनपुरको एक नमुना माध्यामिक विद्यालयलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गरेको छ । समाजिक विकास मन्त्रालयले भीमदत्त नगरपालिका १८कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)लाई सम्मान गरेको हो । मन्त्रालयद्वारा संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना(ईनसियुअर) चालु आर्थिक बर्ष ०८१/०८२मा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मानका साथै नगद पुरस्कार प्रदान गरिएको जनाएको छ ।

शुक्रबार धनगढीमा एक कार्यक्रमका विच विद्यालयलाई नगद रकम सहित प्रमाण पत्र प्रदान गरिएको छ । समाजिक विकास मन्त्री मेघराज खडका, राज्यमन्त्री सरस्वती खडका, समाजिक विकास मन्त्रालयका सचिव डा.हेमराज रेग्मी सहितले महेन्द्रनगर नमुना माविका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रद्यानाध्यापक देवराज भट्टलाई नगद रकम प्रमाण पत्र हस्तान्तरण गरेका थिए । महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)ले साधारण तथा प्राविधिक शिक्षा तर्फ फड्को मार्दै आएको छ ।

