शुक्लाफाँटामा बंगुरपालन असल अभ्यास कार्यान्वयन सम्बन्धी अभिमुखिकरण गोष्ठी


झलारी : शुक्लाफाँटा नगरपालिकामा बुधवार बंगुरपालन असल अभ्यास कार्यान्वयन सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको पशुपन्छी विकास शाखाले आयोजना गरेको कार्यक्रमको अध्यक्षता आर्थिक विकास समिति संयोजक भुमा चन्दको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर महराको प्रमुख आतिथ्यमा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा नगर उप प्रमुख कल्पना पन्त बिशिष्ठ अतिथि रहनु भएको थियो । गोष्ठीमा वडा अध्यक्ष, आर्थिक विकास समितिका सदस्य, बंगुरपालक किसान लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको औचित्य माथि पशुपंछी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले प्रकास पार्नु भएको थियो । शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले बंगुर तथा पशुपन्छीपालन असल अभ्यासका बारेमा कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

गोष्ठी समापन गर्नु हुदै नगर प्रमुख रण बहादुर महराले पशुपन्छीपालनको कार्यलाई बढावा दिनका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याईने बताउनु भयो । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र व्यवसायिक बनाउनका लागि असल अभ्यास अबलम्बन गरिनु पर्नेमा उहाँको जोड थियो ।


ताजा समाचार

spot_img