छाउपडी प्रथाविरुद्ध जनचेतना


महेन्द्रनगर : कैलालीको चुरेका विभिन्न विद्यालयहरूमा छाउपडी प्रथा विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । सामाजिक कुरीति हटाउँदै समुदायमा सचेतना फैलाउने उद्देश्यले चुरे गाउँपालिका वडा नं. ६ को जनता मावि शानिनगर, वडा नं. ३ को भानु मावि चित्रपुर र वडा नं. ५ को शुक्र मावि खानिडाँडामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक धना देवी थापा रहनु भएको थियो।

विशेष अतिथिका रूपमा वडा अध्यक्ष खगेन्द्र खडायत, इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख दीपक बिष्ट, चुरे युवा क्लबका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशनाथ योगी सहभागी थिए। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार नरेशनाथ योगीले गरेका थिए।

कार्यक्रममा छाउपडी प्रथाले महिलाको स्वास्थ्य, आत्मसम्मान र सामाजिक सहभागितामा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक धना देवी थापाले बताइन् । सबैले आ–आफ्नो ठाउँबाट यो कुरीति अन्त्य गर्न भूमिका खेल्नुपर्ने सन्देश दिइएको छ । कार्यक्रम आयोजकको अपेक्षा अनुसार यसले समुदायमा सकारात्मक प्रभाव पार्ने र विशेषतः युवापुस्तालाई सचेत बनाउने विश्वास लिइएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img