कञ्चनपुर : सरक्षण क्षेत्रमा कार्यरत सरोकारवालाहरुले सुदूरपश्चिम प्रदेशमा पछिल्ला बर्षहरुमा मानव–बन्यजन्तु विचकोद्वन्द्व न्यूनिकरणमा जोडदिएका छन । मंगलबार सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले महेन्द्रनगरमा आयोजना गरेको प्रदेश सरक्षण गोष्ठीमा सहभागि सरोकारवालाले मानव–बन्यजन्तु विचकोद्वन्द्व न्यूनिकरणमा जोडदिएका हुन । कार्यक्रमको अध्यक्षतामा ग्रहण समेत गरेका सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका महानिर्देशक हेमराज विष्टले सुपको तराईदेखि पहाडसम्मै मानव र बन्यजन्तुविचद्वन्द्व बढिरहेका बेला न्यूनिकरणका लागि सरोकारवाला सबै निकाय गम्भिर हुनुपर्नेमा जोडदिए । ‘तराईमा बाघ, हात्ती ठुला जनावर र पहाडमा बदेल, बाँदरको समस्या छ, ‘उनले भने, ‘यो समस्यालाई वैज्ञानिक तरिकाले दिर्घकालिन समस्या समाधान गर्नुपर्छ, बन्यजन्तुको मारमा जहिल्यैपनि गरिब विपन्न जनता पर्दै आएका छन ।’

संघीय वन ऐनले समावेस, सम्बोधन गर्न नसकेका विषय प्रदेश वन ऐनले समेटने विश्वास व्यक्त गरेका छन । महानिर्देशक विष्टले मानव र बन्यजन्तुविचको सहअस्थित्वका लागि वन्यजन्तुमैत्री सरचना बनाउनुपर्नेमा जोडदिएका छन । उनले वन, वन्यजन्तु र पर्यावरण सरक्षणमा गर्नुपर्ने सुझाव छ । राष्ट्रिय निकुञ्ज तथा सरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कडेलले वन, वन्यजन्तु सरक्षणका लागि कडाई आवश्यक रहेको बताए । उनले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिका अनाधिकृत रुपमा वनमा प्रवेस गरेर बन्यजन्तुबाट घाईते, मृत्युबरण भएकालाई राहत दिन नसकिने बताए । जेडएसएल नेपालका कार्यक्रम अघिकृत सन्तोष पौडेलले अब कुनैपनि सरचना पूर्वाधारमैत्री बन्नुपर्नेमा जोडदिए । उनले मानव बन्यजन्तु सहस्थित्वका लागि समेत अब बन्ने सरचनामा ध्यान दिनुपर्ने बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका बरिष्ठ वन अधिकृत रामविचारी ठाकुरले पछिल्ला बर्षहरुमा वन्यजन्तुबाट हुने मानविय, भौतिक, अन्नबाली क्षतिका घटना बढिरहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोईरालाले प्रदेशमा रहेका वन, बन्यजन्तु सरक्षणमा देखिएका चुनौती चिर्दै मानविय अस्थित्व आवश्यक रहेको बताए । ‘अब प्रदेशमा बन्ने भौतिक सरचना वन्यजन्तुमैत्री बन्नुपर्छ, ‘उनले भने, ‘बन्यजन्तु पीडितलाई अब विपद प्राधिकरण मार्फत जानुपर्छ ।’ कार्यक्रममा विज्ञहरुबाट कार्यपत्र पस्तुतका साथै विभिन्न क्षेत्रबाट सरोकारवाला सहभागि थिए ।







