कञ्चनपुरमा प्रहरी र सशस्त्रकाे भिड नियन्त्रण सम्बन्धि अभ्यास प्रदर्शन


रमेश प्रसाद भट्ट/महेन्द्रनगर– कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रूपमा भिड नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि अभ्यास प्रदर्शन गरेका छन् । शुक्रबार विहान महेन्द्रनगरकाे खुला मञ्चमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेक्वा झलारीकाे सयुक्त आयाेजनामा भिड नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि अभ्यास प्रदर्शन गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक उमेश जाेशीका अनुसार यस्ताे अभ्यास दाेस्राे पटक प्रदर्शन गरेकाे बताउदै आन्दाेलनका समयमा प्रहरी र सशस्त्रले सयुक्त रूपमा कसरी भिड नियन्त्रण, व्यवस्थापन, समन्वय र कार्वाहि सम्बन्धि अभ्यासका लागि दाेस्राे पटक अभ्यास गरिएकाे बताउनु भयाे । उनले भने “अहिले प्रहरी जहिले पनि तयारीका साथ बस्नु पर्ने हुन्छ, साेहि बमाेजिम यस्ता खालका अभ्यासले प्रहरी र सशस्त्र प्रहरीविच भिड नियन्त्रण र कारणवाहिका लागि यस्ता अभ्यासले प्रहरी कार्वाहि सफल हुन्छ ।”

उक्त कार्यक्रममा कञ्चनपुरका निमत्त प्रमुख जिल्ला अधिकारी प्रर्शुराम पाेखरेल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपि चक्रराज जाेशी सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेक्वाका प्रमुख एसपिकाे सहभागिता रहेकाे थियाे । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अभ्यासका समयमा उत्कृष्ट अभ्यास कला प्रदर्शन गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img