शान्ति विद्यालयद्वारा होली खेलेर शिक्षकलाई तलब


कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक विद्यालयले होली खेलेर संकलन भएको रकम शिक्षकलाई तलब दिएको छ । भीमदत्त नगरपालिका १४बनकट्टीको शान्ति आधारभूत विद्यालयले होली खेलेर संकलन भएको रकम शिक्षकलाई तलब दिएको हो ।

शान्ति आधारभूत विद्यालयलका प्रद्यानाध्यापक उत्तम विष्टले विद्यालयबाट खेलिएको होलीबाट संकलन भएको १लाख ८ हजार ३७१रुपैया शिक्षकद्वय सागर कुँवर र राधिका जोशीलाई दिएको बताए । साविक निमावि तह निजी स्रोतमा कार्यरत शिक्षकद्वय कुँवर र जोशीलाई होलीबाट संकलन भएको रकम दामासाही रुपमा वितरण गरिएको बताए ।

विद्यालयमा स्थायी दरबन्दी नदिएपछि निजीबाट पदपूर्ति गरेर विद्यालय संचालन गरिएको बताउँदै प्रअ विष्टले विद्यालयको आन्तरिक स्रोत नहुँदा शिक्षक, विद्यार्थी, अभिभावक, समितिका पदाधिकारीले खोली खेलेर स्रोत जुटाएको बताए । गत बर्षमा पनि विद्यालयले यस्तै स्रोत जुटाएर संकलन भएको रकम शिक्षकलाई दिएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img