महिलाहरुको सीप विकासका लागि दोधारा चाँदनीमा ब्युटिपार्लर तालिम संचालन

दोधारा । महिलाहरुको क्षमता अभिबृद्धि र सिप बिकासको लागी आधारभुत व्युटिपार्लर सीप विकास तालिम संचालन गरिएको छ् । ‘सिप सिकौं, आत्मनिर्भर बर्नौ’ नारा सहित गरिबी निवारणका लागी लद्युउद्यम बिकास कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका– २ वडामा महिलाहरुका लागी १ महिने व्युटिपार्लर सीप विकास तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । बजारको माँग र आवश्यकता अनुसारको तालिम प्रभावकारी हुने भएकाले माँगमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष पदम रावलले बताउनुभयो । तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै यस पछि एडवान्स व्युटिपार्लर तालिम संचालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

नेपाल सरकार उद्योग बाणिज्य तथा आफुर्ती मन्त्रालयको आर्थिक सहयोग र दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको आयोजनामा संचालन गरिएको १ महिने आधारभुत व्युटिपार्लर सीप विकास तालिममा ३० जना सहभागी रहेको वडाध्यक्ष रावलले बताउनुभयो । महिलाहरुलाई सक्षम र आर्थिक उपार्जन गर्नका लागि वडा कार्यालयले सीप विकास तथा सीप हस्तान्तरण कार्यक्रमलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । हातमा सीप भएका कुनै पनि मानिस भोकै बस्नु नपर्ने उहाँको भनाई थियो ।

आधारभूत तालिम सिकेर उद्यम सुरु गर्ने उद्यमीका लागी एडभान्स तालिम सञ्चालन गर्न सकिने १ महिने आधारभुत व्युटिपार्लर सीप विकास तालिमका प्रशिक्षक बबिता भण्डारीले बताउनुभयो ।सीप सिकेर व्यवहारमा लागू गरि जिविकोपार्जनमा सुधार ल्याउनु आवश्यक रहेको बबिता भण्डारीले बताउनुभयो ।

तालिमका लागि तालिम भन्ने जस्तो नगरी सीप सिकेर आफूलाई आत्मनिर्भरताको बाटोमा लाग्न सबै तालिमको सहभागीलाई आग्रह समेत उहाँले गर्नुभएको छ् । तालिमको उद्धघाटन सत्रमा बोल्दै बक्ताहरुले आत्मनिर्भर हुनसाथ महिला हिंसा र घरेलु हिंसाको सिकार बन्न नपर्ने बताएका छन् ।

 

ताजा समाचार

spot_img