महेन्द्रनगर : कञ्चनपुरकाे वेदकाेट नगरपालिका-८ मा जारी राष्ट्रिय बुद्धिचाल प्रतियाेगता सम्पन्न भएकाे छ । बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सम्पन्न भएका हुन् । राष्ट्रिय ब्लिट्ज बुद्धिचालमा आशिष फुयाल विजयी भएका छन् । भने क्षितिज भण्डारी दाेश्रो र प्रकासचन्द्र नेपाल तृतीय भएका छन् । दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनशिप नवीन तन्डुकार विजयी भएका हुन् । भने सुसरत दहाल दोश्रो र क्षितिज भण्डारी तृतीय भएका छन् ।

तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा क्षितिज भण्डारी विजयी हुदाँ रुपेश जैशवालले दोश्रो र दिर्घराज जाेशीले तृतीय स्थान हासिल गरेका छन् । तीन वटा छुट्टाछुट्टै प्रतियाेगितामा क्षितिज भण्डारी, आशिष फुयाल र नवीन तन्दुकार विजयी भएका हुन् । पदकधारी खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मानित गरिएको छ । नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भएकाे प्रतियाेगिता कार्तिक २ गते पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्दघाटन गरेका थिए ।

वेदकाेट नगरपालिका-८ का वडाध्यक्ष महेशराज जाेशीले राष्ट्रिय स्तरकाे प्रतियाेगिताकाे आयोजना यश क्षेत्रकै गाैरवकाे विषय भएकाले बुद्धिचाल खेल स्थापित भएकाे बताए । साथै युवाहरुलाई खेलमा लाग्न प्रतियाेगिताले उत्साह थपेकाे बताए । राष्ट्रिय बुद्धिचाल प्रतियाेगिताका संयाेजक नारायण प्रशाद गमालकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा पुर्वमन्त्री प्रतिनिधि सभा सदस्य भानुभक्त जाेशी प्रमुख अतिथि रहेका थिए । साथै कार्यक्रम पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावल लगायत महासंघका पदाधिकारी, खेलप्रेमी तथा स्थानीयकाे सहभागीता रहेकाे थियो ।

