दोधारा चाँदनीमा जंगली हात्ती बस्तीमा पस्यो, काञ्जी खोरमा क्षती

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ मा जंगली हात्ती बस्तीमा पसेर त्रास मच्चाएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ को सुर्खेती टोलमा गएराती जंगली हात्तीको बथानले त्रास मच्चाएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य पदमराज भट्टले जानकारी दिनुभएको छ् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दोधारा चाँदनी नगरपालिका– ४ सुर्खेती टोलमा पसेको जंगली हात्तीको बथानले स्ती नजिक रहेको काञ्जी खोरमा क्षती बनाएको वडा सदस्य पदमराज भट्टले बताउनुभयो । जंगली हात्तीले छाडा चौपाया ब्यवस्थापनको लागी निमार्ण गरिएको काञ्जी खोरको ४२ थान तारवार गरिएको सिमेन्टको खम्बा संग मेसवायर (तारवार) मा क्षती बनाएको वडा सदस्य भट्टले बताउनुभयो ।

काञ्जी खोरमा क्षती बनाएपछि हात्तीको बथान बस्तीमा पसेको उहाँले बताउनुभयो । झण्डै १०/१२ वटा हात्तीको बथान बस्तीमा पसेपछि स्थानियबासीहरुले आगो बालेर, थाली बजाएर जंगली हात्ती धपाएको वडा सदस्यको भनाई रहेको छ् ।

दोधारा चाँदनी नगरपालिका संग जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलबाट भित्रिने जंगली जनावरहरुले स्थानियहरुको अन्नवाली नष्ट गरिदिने, घरहरु भत्काईदिने र बेला बखत मानविय क्षती गर्दा समेत सरोकारवालाहरु गम्भिर नभएको स्थानियबासीको गुनासो रहदै आएको छ् ।

 

 

ताजा समाचार