भीमदत्त–११ का वडाध्यक्ष थापाले आफूले पाएको सेवा सुविधाबाट ज्येष्ठ नागरिकहरूलाई सम्मान सहित आर्थिक सहयोग गरे

महेन्द्रनगर:  कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले आफूले पाएको सेवा सुविधाबाट वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सम्मान सहित आर्थिक सहयोग गरेका छन् ।भीमदत्त नगरपालिकाका ११ का वडा अध्यक्ष प्रकाश थापाले आफूले पाएको आर्थिक रकमबाट वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित आर्थिक सहयोग गरेका हुन् ।

वडा अध्यक्ष थापाले आफूले पाएको सेवा सुविधाबाट तिहारको अवसर पारेर वडामा रहेका ७२ वर्ष उमेर नाघेका १५० जना ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित १ लाख ५० हजार बराबरको आर्थिक सहयोग गरेका हुन् । निर्वाचित भएदेखि नै आफूले पाउँदै आएको सेवा सुविधालाई सामाजिक कार्यमा खर्च गर्दै आएका वडा अध्यक्ष थापाले तिहारको अवसर पारेर वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान सहित आर्थिक सहयोग गरेका हुन्।

आफु निर्वाचित भए देखी नै आफूले पाउँदै आएको सेवा सुविधाको रकमलाई गरिब, विद्यार्थी, बाढीपीडित, वृद्धवृद्धा लगायत अन्य सामाजिक क्षेत्रमा खर्च गर्दै आईरहेका छन्। तिहारको समयमा ज्येष्ठ नागरिकहरूलाई केही सहयोग होस भनेर वडा भित्र रहेका ७२ वर्ष माथिका १५० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान सहित सहयोग गरेको भीमदत्त –११ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो। साथै उहाँले आगामी दिनमा पनि यस्तै आफूले सकेको सहयोग गर्न तत्पर रहने प्रतिवद्धता गरेका छन् ।

वडा अध्यक्ष थापाले आफूले पाएको सेवा सुविधाको सबैजसो रकम वडामा सामाजिक कार्यमा नै खर्च गर्ने गर्दछन्। गतवर्ष पनि वडा अध्यक्ष थापाले दशैंको अवसरमा आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यान्न सहयोग गरेका थिए। वडा अध्यक्ष थापाले गरेका यस्तै सामाजिक कार्यका कारण स्थानीयमा खुसियालि छाएको छ। आर्थिक एवम् स्वास्थ्य अवस्था कमजोर भएको बेला थोरै भएपनि वडा अध्यक्ष थापाले सम्मान र सहयोग गरेको भन्दै वडा अध्यक्ष थापालाई वृद्धवृद्धाहरूले आशिर्वाद दिएका छन्। पछिल्लो समयमा युवापुस्तामाझ निकै लोकप्रिय बन्दै गएका वडा अध्यक्ष थापाले आफ्नो वडाका लागि निर्वाचित भएपछी यी योजनाहरू लागु गरेका छन् ।

वडा अध्यक्ष थापाका सामाजिक योजना भीमदत्त नगरपालिका ११ ले चालू आर्थिक वर्षदेखि वडाबासीलाई शिशु जन्मिए पश्चात नवजात शिशु स्याहार खर्च र वडावासीको मृत्यु भए दाहसंस्कार खर्च दिने निर्णय गरेको थियो। चालु आर्थिक वर्ष ०८१–०८२ देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टी खर्च दिने निर्णय गरे अनुरूप वडा कार्यालयले रकम उपलब्ध गराउन थालेको हो।

शिशु स्याहारका लागि शिशु जन्मिने बित्तिकै प्रति शिशु २ हजार रुपैयाँ र वडावासीको मृत्यु भएका अन्त्येष्टीका लागि ५ हजार रुपैयाँ रकम उपलब्ध गराउन थालेको हो । भीमदत्त नगरपालिका वडा नम्बर ११ ले गतवर्ष विद्यार्थीहरूलाई निशुल्क कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सञ्चालन गरेको थियो। जसमा वडा भित्रका ३० जना विद्यार्थीहरूका लागि तिन महिने बेसिक कम्प्युटर कोर्स सञ्चालन गरिएको थियो। साथै वडा अध्यक्ष थापाले एसईई परीक्षा दिने विद्यार्थीहरूलाई समेत निशुल्क तयारी कक्षा सञ्चालन गराएका थिए ।

गतवर्ष नै वडा अध्यक्ष थापाले ले कैदीबन्दीलाई पुस्तक र खेलकुद सामाग्री वितरण गरेका थिए । वडा अध्यक्ष थापाले सकारात्मक सोच विकासका लागी विभिन्न २९ प्रकारका पुस्तक कैदीबन्दीका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापालाई हस्तान्तरण गराएका थिए। भीमदत्त ११ का वडा अध्यक्ष थापाको पहलमा डे नाइट क्रिकेट प्रतियोगिता समेत सञ्चालन गर्दै आएका छन् ।

भीमदत्तका वडाध्यक्ष थापाको पहलमा गड्डाचौकीमा सीमावर्ती सडक समेत कालोपत्रे गरिएको थियो । वडा अध्यक्ष थापाको पहलमा ७ नम्बर सीमा पिलरदेखि पुर्वतिर नेपाल तर्फको सडकमा कालोपत्रे सडक निर्माण गरिएको थियो ।
स्थानिय निर्वाचनबाट जनप्रतिनिधिको रुपमा वडा अध्यक्षको जिम्मेवारी पाएका थापाले आफ्नो चुनावि दौरानमा वडाबासीहरु माझ गरेको प्रतिवद्धतामा व्यक्तिगत आर्थिक तथा भौतिक रुपमा समाजसेवामा तल्लीन भएर काम गरीरहेको वाडाबासीहरुको भनाई रहेको छ भने वृद्ध जेष्ठनागरीकहरुले अध्यक्ष थापाको कामको प्रसंशा गर्दै धन्यवादको साथै आर्शिवाद दिएका थिए ।

ताजा समाचार