जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा प्रवाहमा नयाँपन


रमेश प्रसाद भट्ट / कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकको सेवा प्रवाहमा सुधारात्मक ढङ्गले नयाँपनका साथ प्रशासनिक सेवा दिन थालेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने नागरिकलाई सहजताका लागि कार्यालयबाट गरिने काममा सरलीकरण र विना झन्झट समयमै सेवा दिन पछिल्लो समयमा प्रशासनिक सेवामा नवीनतम ढङ्गले काम गर्दे आइरहेको पाइएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाका अनुसार पछिल्लो समयमा नागरिकको सेवामा थप सुधारात्मक ढङ्गले सेवामा नयाँपनका साथ कार्य गरिरहेको बताउनु भएको छ ।

उनले भने “हामिले २०७६ साल देखि यताका छिन्न बाँकी रहेका प्रशासनमा परेका ३ सय मुद्दामा २ सय ८० मुद्दा एकै महिनामा फछर्यौट देखिन राष्ट्रिय परिचय पत्र बनाउन, वितरण, नागरिकताको सेवामा उत्कृष्ट ढङ्गले सेवा प्रवाह गरिरहेका छौ ।” ‘बर्से देखि फैसला हुन यति धेरै बाकि मुद्दाका काम हामिले एकै महिनामा फछर्यौट गर्यौं’, उनले भने ‘नागरिकले पाउने सेवामा ढिलाई गर्नु पनि अन्याय जस्तै हो, त्यसैले ठाउँको ठाउँनै प्रशासनिक सेवा दिन सक्यो भने नागरिकलाई न्याय पनि मिल्छ काम गरेको अनुभुति पनि हुन्छ, त्यसै अनुरुपनै हामिले कार्य गदै आएका छौ ।’ कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत नियामक निकायका उजुरी र गुनासाहरूको फछर्यौट पनि सय प्रतिशत कार्य भएको उनको भनाई छ ।

करकार्यालयको आन्तरिक २०८०/०८१ सम्मको बेरुजु पूर्ण रुपमा फछर्यौट गदै जिल्लाका सबै वडा कार्यालयहरूबाट नयाँ नागरिकताका लगी अनलाईन सिफारिसलाई अनिवार्यतामा पूर्ण रुपमा कार्यान्वयन समेत गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भयो । प्रशासनले नागरिकको सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र वितरण दर्तामा लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाउनुका साथै बृद्ध, अशक्त र गर्भवती महिलाका लागि छुट्टै बस्ने व्यवस्थापन समेत मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी सरापकोटका अनुसार सेवा लिन आउने सि.न. १ देखि ८ सम्मका आधार कारणले सेवा प्रवाहमा नयाँपन बनाउदै सेवाग्राहीहरूमा गुनासोको सम्बोधनका गरेर कार्यालयबाट गरिने थुप्रै कार्यहरूमा सरलीकरण बनाएको बताउनु भयो ।

पछिल्लो समयमा देशैभरका जिल्ला प्रशासनहरूमा सेवा प्रवाहको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो त्रैमासिकमा पहिलो स्थानमा आउने अपेक्षाका समेत रहेको प्रजिअ सापकोटाको भनाइछकेही समय अघि राष्ट्रिय परिचयपत्र बनाउन आउनेको सङ्ख्या हत्तै बढेको थियो अहिले उक्त सेवालाई सबै स्थानीय तहबाट हुने व्यवस्थापन मिलाइएको छ । अहिले नागरिकता, पासपोर्ट लगायत अन्य प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले समयमै सेवा पाउदा नागरिकलाई निकै सहज भएको पाइन्छ


Loading Viewer...

ताजा समाचार

spot_img