राहत शिक्षक समिति कञ्चनपुरको अध्यक्षमा सिह


कञ्चनपुर: नेपाल राहत शिक्षक समिति कञ्चनपुरको अध्यक्षमा बिरेन्द्र बहादुर सिह चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको राहत शिक्षक समिति कञ्चनपुरको ६औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सिह निर्वाचित भएका हुन । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका निर्वतमान कोषाध्यक्ष गणेश बहादुर धानुकले सर्वसम्मतीय आधारमा जिल्ला नेतृत्व सहितका पदाधिकारी सदस्य चयन भएको बताए ।

सहअध्यक्षहरु ज्योती जोशी, सर्वजित बुढा, तोयराज जोशी, नवराज जोशी चयन भएका छन । बरिष्ठ उपाध्यक्ष डबल बहादुर शाह, उपाध्यक्ष नाथ बहादुर बुढा, काली नेपाली, सचिवमा भोजराज भट्ट, सह सचिव रामदत्त विष्ट, दिपकराज भट्ट र बिमला बम, कोषाध्यक्ष अभयराज जोशी रहेका छन । सदस्यहरु ः बिमला भट्ट, पार्वती जोशी, ओकिल बहादुर बस्नेत, विष्णू प्रशाद बोकटी, शम्भु प्रशाद अवस्थी, जगदिश भट्ट, मोहनदेव पन्त रहेका छन । जिल्ला अधिवेशनले केन्द्रीय प्रतिनिधी समेत छनौट गरेको छ । धौलसिह जागरी, श्रबण सेटी, नवराज ओझा र लक्ष्मी खडकालाई छनौट गरेको छ । जिल्ला निवर्तमान अध्यक्ष लवदेवीको अध्यक्षताा भएको कार्यक्रमको नेपाल राहत शिक्षक केन्द्रीय समितिका बरिष्ठ सहअध्यक्ष नविनसिह धामीको प्रमुख आथित्यमा भएको थियो ।

कार्यक्रमको संचालन निर्वतमान सचिव सर्वजित बुढाले गरेको कार्यक्रममा जिल्लाभरीका राहत शिक्षकहरुको सहभागिता रहेको थियो । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका निर्वाचित पदाधिकारीहरुले राहत शिक्षकहरुको हकहितका साथै पेशागत स्थायित्वका क्षेत्रमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका सचिव भोजराज भट्टले राज्यको विभेद बिरुद्ध संघर्ष गर्दै आम राहत शिक्षकको पेशागत हकहितका क्षेत्रमा खटिने बताए ।


ताजा समाचार

spot_img