महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा दोस्रो संस्करण टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

बेलडाँडी युवा समाजले दोस्रो संस्करण क्रीकेट प्रतियोगिता २०८१ बेलडाँडी गाँउपालिका वडा नम्बर १ को लल्लरेडाँडा स्थित अल स्टार युवा ,मल्टी स्टार क्लब र रौलेश्वर मा वि को खेलमैदानमा प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ।

“लागूपदार्थ बाट युवा हरू लाई टाढा राख्ने र खेल तर्फ युवा लाई आकर्षण गर्न” उद्देश्य र मुल नारा साथ शुभ दिपावलीको पावन अवसरमा बेलडाँडी युवा समाजले कार्तिक ०८गते देखी दोस्रो संस्करण टि-२० बेलडाँडी क्रिकेट मेला २०८१ आयोजना गर्ने तयारी रहेको बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्टले बताए।

उनका अनुसार प्रतियोगिताका खेलहरु तीन वटा खेलमैदान खेलहरु खेलाउने तयारी रहेको छ। बेलडाँडी गाउँपालिका वडा नम्बर १ स्थित अल स्टार,मल्टिस्टार र वार्ड न. २ स्थित रौलेश्वर माविको खेल मैदानमा खेल सञ्चालन हुने छन।
प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार नगद ५५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले २५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र र मेडलमा चित्त बुझाउने छन्।
बेलडाँडी गाउँपालिका र बेलडाँडी खेलकुद समितिको संयोजकत्वमा बेलडाँडी युवा समाजले आयोजना गर्ने उक्त प्रतियोगितामा वडा नम्बर २ को कार्यालय सह-आयोजकको भूमिका निर्वाह गर्ने बेलडाँडी युवा समाजका सह-सचिव एवम् प्रतियोगिता संयोजक अमृत शाहिले बताउनु भयो ।
उनका अनुसार प्रतियोगितामा सहभागी टिमले दर्ता शुल्क ५ हजार ५ सय रहेको छ। टिम दर्ताको अन्तिम मिति कार्तिक ६ गते साझ ६ बजे सम्मको समय रहेको छ। पहिलो संस्करणको उपाधी न्यू त्रिपुरा युवा क्लब पचूई भएको थियो। उप विजेता न्यू पृथ्वी क्लब पुनर्वास रहेको थियो।
