महेन्द्रनगर: कञ्चनपुर महेन्द्रनगरमा रहेको एक निजि अस्पतालले समाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गरी रहेको छ । भीमदत्त नगरपालिका–३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले अस्पताल बाहिर हेल्थडेक्स चलाएर सेवा दिई रहेको हो ।

पश्चिम सीमानाका गड्डाचौकीमा विगत दुई बर्षदेखि दशैं तिहारको बेला नेपाल फर्कने मजदुरहरुलाई हेल्थडेस्कबाट सेवा दिईरहेको छ ।मन्त्र हस्पिटल सञ्चालनमा आए देखि बिशेष स्थानहरुमा स्थानिय सरकार तथा सरोकारवाला निकाय संग अनुमति लिई हेल्थडेस्कबाट निशुल्क सेवा दिदै आईरहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक डा.गोबिन्द रोकायाले जानकारी दिएका छन ।

निजि लगानिबाट सञ्चालित हस्पिटलले विशुद्ध नाफामुखी नभई समाजिक सेवा मुखि भएर पनि आफ्नो सेवा दिदै आईरहेको छ । नेपालीहरुको महान पर्व बडा दशै आउनु अगावै यहि असोज १६ गते देखि ६५३ जनाले स्वास्थ्य लाभ लिएका छन भने हेल्थडेक्सबाट आउदै गरेको तिहार, छठ पर्व सम्म निरन्तर सेवा दिने निर्देशक डा. रोकायाले जानकारी गराएका छन ।







