बेलडाँडीमा कार्तिक एक गते पूर्णिमा अवसरमा रात्रीकालिन मेला लाग्ने


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका लटिनाथ मालिकार्जुनको मन्दिरमा प्राङ्गणमा कोजाग्रत पूर्णिमाको दिन रात्रीकालिन जात्रा लाग्ने तयारी रहेको छ।

बेलडाँडी गाउँपालिका वडा नं.२ अवस्थित गाउँपालिका बषपार्क नजिक रहेको प्रसिद्ध धार्मिक स्थल लटिनाथ मालिकार्जुनको मन्दिरमा असोज शुक्ल पूर्णिमा कार्तिक १ गते धार्मिक श्रदा,उत्सवका साथ मन्दिरमा देवी माँको पूजा आर्जा गरी बाजागाजाका साथ जात हुने र त्यसैको अवसर पारेर देउडा प्रतियोगीता आयोजना हुने मन्दिर समितिका सह संयोजक विकास विष्टले बताएका छन्।

परापूर्वकाल देखि त्यहाँका स्थानियहरुले देविको पूजापाठ गर्ने,घर घरबाट बाजा बजाएर उत्सवका साथ जात ल्याउने, रात्रीकालिन मेला लाग्ने भएकोले स्थानीयहरू यसलाई आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन गर्ने चलन रहेको मन्दिर समितिका सह संयोजक विष्टले बताए। मेलामा देवीको माँको पूजा गर्ने साँझको समयमा मेलामा बाजागाजाका साथ टोल टोलबाट हजारौँ भक्तालुहरू सहभागी हुने गर्दछन्। त्यस कारण यसलाई पूर्णिमाको रातलाई कोजाग्रत भनेर धेरै स्थानीयहरू बुझ्ने गर्दछन्।

उक्त मन्दिरमा आ–आफ्नै शैली र परम्परा झल्किने गरी घर घर बाट जात ल्याउने,देउडा खेल्ने कार्यक्तम पनि राखेको छ । संस्कृति जर्गेनाका लागि यो मेला लटिनाथ मालिकार्जुनको मन्दिर व्यावस्थापन समितिले प्रत्येक बर्ष देउडा संस्कृतिको जगेर्नालाई पहिलो प्राथमिकतामा राखेर आयोजना गर्ने गरेको छ  । मेलामा साथीभाई,आफन्तहरूसंग भेटघाट गर्ने,दुःख सुख पोख्ने, महिला पुरुष एक अर्काबीच जीवन जगत्का सुख दुःखका कुरा, प्रेमका प्रसङ्गका कुरा देउडा गीतबाटै पोख्ने,मनोरञ्जन लिने गरिन्छ ।

यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् ।


ताजा समाचार

spot_img