
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिले श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ मा कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिले आउदो कार्तिक १ गते देखि श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्ने तयारी सुरु गरिएको कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिका संयोजक केशव प्रसाद बरालले जानकारी दिनुभएको छ् । ९ दिन सम्म संचालन हुने भनिएको श्री शिव महापुराण ज्ञान महायज्ञमा परमपुज्य गुरुबाट सुमधुमय प्रबचनका साथ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको संगितमय भजन, कृतन र आकर्षक झाँकी प्रस्तुत गरिने कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिका संयोजक केशव प्रसाद बरालले बताउनुभएको छ् ।

कमलशा बाबा मन्दिरको संरक्षण एव प्रवद्र्धधन, भौतिक पूर्वाधार विकास निर्माण एवम् अक्षय कोष सञ्चालन सहयोगार्थ तथा विश्व शान्तीको लागी श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्न लागिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । हिन्दु धर्मको रक्षाको लागी समेत कार्यक्रमको आयोजना गर्न लागिएको वडाध्यक्ष बहेक क्षेत्रीले बताउनुभयो । शान्ती व्यवस्था, धर्मको प्रचार प्रसार र सबै मानिसहरुमा आध्यात्मिक भावना जागृत गर्नका लागी दोधारा चाँदनी नगरपािलका क्षेत्रमा श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्न लागिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् ।

परमपुज्य गुरुबाट सुमधुमय प्रबचनका साथै विशेष धार्मिक मेला, शिवध्वनी, भजनकिर्तन, शिव भगवानको आरती, शिव ताण्डव, स्वोत्र अग्नि नृत्य इत्यादी कार्यक्रम हुने कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिका सचिव सुरज थापा क्षेत्रीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा रहेको कमलशा शिवालयलाई धार्मिक स्थलको रुपमा विकास गर्ने उद्देश्यले शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्न लागिएको सचिव सुरज थापा क्षेत्रीले बताउनुभयो ।

पवित्र कार्यलाई सफल तुल्याउनका निमित्त नगरपालिकामा बसोबास गर्ने श्रद्धालु भक्तजनहरुलाई आमन्त्रण गरिएको उहाँको भनाई रहेको छ् । शिव महापुराण ज्ञान महायज्ञ तयारीका लागी बिभिन्न समिति तथा उपसमिति गठन गरि कामको जिम्मेवारी समेत दिईसकेको कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिले जनाएको छ् ।










