कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा सर्वाधिक धनराशीको दोस्रो सरस्वती कप टि–२० टुर्नामेन्ट सञ्चालन हुने भएको छ ।विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा पुनर्वास नगरपालिका वडा नं २ मोतिबस्ती स्थित सरस्वती मा.वि को खेल मैदानमा कञ्चनपुर क्षेत्र नं १ स्तरिय सर्वाधिक धनराशी दोस्रो सरस्वती कप टि–२० क्रिकेट टुर्नामेन्ट सहभागी हुने टिमले कार्तिक २ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ताका लागि रु. ५ हजार ५ सय रुपैया रकम प्रवेश शुल्क बुझाउनु पर्ने सरस्वती युवा क्लब एवं टि–२० क्रिकेट टुर्नामेन्टका सह–सचिव लक्ष्मण भट्टले बताए ।
अयोजकले खेललाई मर्षदित बनाउन केही शर्तहरु लागु गरिएको सरस्वती कप टि–२० टुर्नामेन्ट सञ्चालक समितिका सह सचिव लक्ष्मण भट्टले बताए । उनका अनुसार सहभागी खेलाडीहरूले ट्रयाक जर्सी र जुत्ता लगाउनु अनिवार्य रहेको छ, र म्याच अफिसियलको निर्णय अन्तिम हुनेछ । व्याट टिम स्वयमले् व्यवस्था गर्नु पर्नेछ ।,यस खेलमा कञ्चनपुर क्षेत्र नं. १ खेलाडिलाई मात्र सहभागी गराईने भएकाले भाग लिनका लागि प्रत्येक टिमले १५ जनाको कञ्चनपुर क्षेत्र नं.१ को स्थाई वसोवास खुल्ने प्रमाण–प्रत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । एल.बी.ड्ब्लुु बाहेक अई.सी.सी को सम्पूर्ण नियम लागु हुने पत्रचार मार्फत जानकारी गराई सकेको सह सचिव भट्टले बताए ।
यहि मिति २०८१ कार्तिक ३ गते देखी सञ्चालनमा दोस्रो सरस्वती कप टि–२० क्रिकेट टुर्नामेन्ट हुन गइरहेको उक्त प्रतियोगिताको उपाधि हात पार्ने टिमले पुरस्कार स्वरूप रु.४१ हजार,१ सय ११ रूपैया रकम सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । उपविजेता टिमले भने रु.२१ हजार १सय ११ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।
नकआउट स्वरूपको कारण, हरेक खेल निर्णायक हुने छ, जहाँ पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ र विजेता अर्को चरणमा प्रवेश गर्नेछ। नकः आउट सिस्टममा खेलाईने उक्त खेल क्वाटर फाईनल सम्मका खेलहरु १५–१५ ओभर र सेमि–फाईनल, फाईन खेल २०– २० ओभरको खेलाईने सरस्वती युवा क्लबका सह सचिव लक्ष्मण भटृले बताए ।
यो टुर्नामेन्टको मुख्य उद्देश्य खेलाडीहरूलाई अवसर प्रदान गर्नु, स्थानीय प्रतिभाको विकास गर्नु र खेलकुदको महत्वलाई समुदायमा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ । यस प्रकारको प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटप्रतिको चासो र उत्साह बढाउने विश्वास गर्न सकिन्छ ।