झलारी : शुक्लाफाँटा नगरपालिका ५ मा शनिवार दलित समुदायका अगुवा र सरोकारवालाहरु विच अन्र्तक्रिया कार्यक्रम आयोजना गरियो । विजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा सुभकामना आदान प्रदान गर्ने उद्देश्यले दलित अधिकारका लागि वडा स्तरीय सञ्जालको आयोनजामा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । वडा सदस्य लक्ष्मीदेवी लुहारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चक्र बहादुर खडाका रहनु भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष खडकाले सबै समुदाय विच सद्भावको खाँचो रहेको बताउनु भयो ।

जातीय विभेद गर्न पाईदैन उहाँले भन्नुभयो जातीय रुपमा विभेद गरिएको पाईए कानुनी रुपमा कारवाहीका लागि सहयोग गर्न तत्पर छु । वडाबाट सञ्चालन हुने योजना सबै समुदायको सहमती र सहकार्यमा सञ्चालन गरिने उहाँले बताउनु भयो ।
विपन्न अबस्थाका आवास विहीन दलित समुदायका लागि आवास निर्माण र सौचालय निर्माणका लागि सक्दो पहल गरिने उल्लेख गर्नु हुदै वडाबाट तत्काल बजेट बाँडफाँड भैसकेकाले आउदो हिउदे नगरसभामा योजना रकमान्तर गरी योजना सञ्चालन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

दलित समुदायको पञ्चेबाजा बजाउने पेशालाई जीवन्त राख्नका लागि कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई थियो ।
कार्यपालिका सदस्य गणेश विकले सार्वजनिक रुपमा छुवाछुत गर्ने कानुनी रुपमा दण्डीत हुने बताउनु भयो ।दलित समुदाय विच एकता नहुदा कुनै पनि कार्य गर्न अप्ठेरो हुने गरेको कुरामा जोड दिदै उहाँले छुवाछुत गर्ने विरुद्ध राज्यले कानुन बनाए पनि कार्यान्वयनको पक्ष फितलो हुदा पीडित पक्षले न्याय नपाउने गरेको बताउनु भयो ।

वडा सदस्य जीवन पाण्डेयले राज्यले प्रत्याभूत गरेको अधिकार दलित समुदायले पाउनु पर्ने बताउनु भयो । दलित अधिकारकर्मी शिवी लुहारले संविधानको धारा २४,३७ र ४०मा उल्लेख गरिएको रोजगारी, सुरक्षित आवास, जग्गाको स्वामित्व लगायतको व्यवस्थाको ग्यारेण्टी गरिए पनि हाल सम्म नपाईएको बताउनु भयो । संविधान कार्यान्वयनको पक्ष फितलो हुदा दलित समुदाय अधिकार पाउनबाट बञ्चित रहेको उहाँले बताउनु भयो । दलित समुदायको परम्परागत धर्म, संस्कृति पेशा व्यवसायलाई जोगाउनु पर्ने आवश्यकता भएको बताउनु भयो ।
परम्परागत पेशा व्यवसाय आधुनिकरण नहुदा दलित समुदायले पलायत हुनु परेको छ उहाँले भन्नुभयो, त्यो पेशा व्यवसायलाई आयआर्जन संग जोडेर लैजानका लागि तीन तहकै सरकारको चासो र चिन्तको बिषय हुनु पर्छ । दलित अगुवा लक्ष्मण लुहारले दलित समुदाय विचनै विभेद गरिदा एकजुट हुन नसकेको बताउनु भयो ।
परिवर्तन आफैंबाट शुरु गर्नु पर्ने उहाँको भनाई थियो । बादी समुदायका अगुवा बेलु नेपालीले बादी समुदायको उत्थानका लागि कार्य अगाडी बढाउनु पर्ने बताउनु भयो । धेरै परिवार स्वदेशमा रोजगारीका अवसर नपाउदा विदेशीन बाध्य छन उहाँले भन्नुभयो, सुरक्षित आवास नहुदा झोपडीमा असुरक्षित तरिकाले बस्दै आएका छन, बादी समुदायका बालबालिकाबाट सामुदायिक विद्यालयमा शुःल्क लिदा विचमै पढाई छाडन बाध्य भएका छन । कार्यक्रमको सञ्चालन तथा सहजीकरण अन्तराम ओडले गर्नु भएको थियो । कार्यक्रमा वडाका दलित अगुवा, राजनीतिकर्मी, सामाजसेवी, जनप्रतिनिधि, बुद्धिजिवि, कर्मचारी, शिक्षक, नागकि समाज, संघ संस्थाका प्रतिनिधि लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।






