चट्याङ लागेर मृत्यु भएका र घाईते भएका परिवारलाई सहयोग


दोधारा । केही दिन अघि दोधारा चाँदनी नगरपालिका– ६ मा चट्याङ लागेर मृत्यु भएका घरपरिवार र घाईते भएकालाई दलित नगर समन्वय समितिले आर्थिक सहयोग गरेको छ् । चट्याङ लागेर मृत्यु भएका याम बहादुर सुनारको घरमा पुगी नगर दलित समन्वय समिति दोधारा चाँदनीका टोलीले रु. ५ हजार नगद तथा फलफुल सहयोग गरेको छ् ।

यस्तै सोही समयमा चट्याङ लागेर घाईते भएका जगदिश सुनारका घरपरिवारलाई उपचारको लागी रु. ४ हजार नगद र फलफुल हस्तान्तरण गरिएको नगर दलित समन्वय समिति दोधारा चाँदनीका संरक्षक तथा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् ।

सो समयमा चट्याङ लागेर याम बहादुर सुनारको मृत्यु भएको थियो भने, जगदिश सुनार र बिक्की सुनार घाईते भएका थिए ।


ताजा समाचार

spot_img