भीमदत्तले बाढीबाट पूर्ण क्षति भएका परिवारलाई खाद्यान्न तथा नगद सहयोग गर्दै

खडक बहादुर कोली / : असोज भीमदत्त नगरपालिकाको समन्वय तथा सहकार्य र निड्स नेपालको सहयोगमा भीमदत्त नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घरपरिवारहरुलाई खाद्यान्न वितरण तथा नगद सहयोग गरेको छ । भीमदत्त नगरपालिका १८ नं. वडा कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी अषाढ २३ र २४ गते आएको अविरल वर्षाले डुवानमा परी पूर्ण क्षति भएका १४ परिवारलाई प्रति परिवारलाई नगद १० हजार र १ कट्टा चामल, दाल, तेल लगायत खाद्यान्न सामग्री वितरण गरेको भी.न.पा. १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले बताएका छन ।

त्यसैगरी अविरल वर्षाका कारण डुवानबाट पूर्ण क्षति भएका १३ नं. वडाका ६० परिवार, १९ वडाका २५ परिवार र २ नं. वडाका ३१ परिवारलाई प्रति परिवार नगद १० हजार, १ कट्टा चामल, दाल, १ लिटर तेल लगायत खाद्यान्न सामग्री वितरण गरिसकेको निड्स नेपालकी सामाजिक परिचालक भावना जोशीले बताएकी छन । असाढ २३ र २४ गते परेको बर्षाले पूर्ण क्षति भएका व्यक्तिहरुको शौचालय, धारा मर्मत समेत गरिने निड्स नेपालका परिचालक सोनु बोहराले बताएका छन । बाँकी पूर्ण क्षति भएका वडाहरुमा राहत तथा सहयोग कार्यक्रम सञ्चालन भएको बोहराले बताए ।

ताजा समाचार