स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न

९ वटै पालिका मध्ये स्वास्थ्य क्षेत्रमा गरेको कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै लालझाडी गाउँपालिका प्रथम

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी एक कार्यक्रमका साथ सम्पन्न भएको छ।
होटेल चेतनको सभाहलमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आइतबार देखि सुरु भएको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी एक कार्यक्रमका साथ सम्पन्न भएको हो।

असोज १३ र १४ गते सम्म सञ्चालन भएको आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्याकंनका आधारमा दक्षिणी क्षेत्रमा रहेको लालझाडी गाउँपालिका प्रथम, भीमदत्त नगरपालिका दोस्रो र बेदकोट नगरपालिका तेस्रो भएको छ।

जिल्लामा रहेका ९ वटै पालिका को स्वास्थ्य शाखा, स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको उपस्थितिमा एक एक वर्षमा गरेका कार्य सम्पादित बारेमा आ-आफ्नो क्षेत्रमा गरेका कामको बारेमा प्रस्तुतीकरण समेत गर्नु भएको थियो।

स्वास्थ्य क्षेत्रमा भौतिक संरचना बने तर दरबन्दी अनुसार कर्मचारी नहुदा समस्या रहेको र समन्वयको अभाव भएको हुँदा आगामी दिनमा थप समन्वयको कार्यमा विशेष जोड दिनु पर्न जोड दिनु भएको छ। जसमा आगामी दिनमा सेवाग्राही पछिल्लो समयमा मनोसामाजिक समस्याको पहिचान गरि यसलाई आगामी दिनमा थप प्राथमिकतामा राख्नु पर्ने समेत कुरामा विशेष जोड दिनु भएको छ।

नेपाल प्रहारीले पनि जनचेतनामूलक कार्यक्रम गर्ने हुँदा यसमा साथ सहयोगको लागि स्वास्थ्य कार्यालयले यसमा पहल गर्दिन समेत अनुरोध संगै लागु औषध दुर्वेसहनको बिगबिगी रहेको हुँदा यस्ता स्वास्थ्य कार्यालयले निजि लगायतका क्लिनिकको अनुगमन बढाउन समेत जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक चक्र राज जोशीले सुझाव दिनु भयो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका दातृ निकाय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायले स्वास्थ्य क्षेत्रमा निकै उल्लेखनीय भुमिका खेलेको हुँदा सरकारी तथा गैरसरकारी संघसंस्था लाई धन्यवाद का साथै समन्वय सहकार्य बढाउनु पर्ने, सहकार्य ,सहभागिता र समन्वय लाई विशेष जोड दिनु भयो।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा गुणस्तरीय सेवा प्रवाहका लागी निरन्तर सबैले पहल गर्नु र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्न र काम गरिरहदा आएका समस्या र चुनौती लाई आत्मसात गर्दै आगामी दिनमा थप छलफल गर्ने समेत प्रतिबद्धता गर्दै निरन्तर क्षमता प्रदर्शन संगै सेवाग्राही लाई सेवा प्रवाह गर्न विशेष जोड दिनु पर्ने कार्यमा निरन्तर व्यावहारिक रुपले मनोसामाजिक लाई विशेष प्राथमिकता दिई योग र आरवेदलाई पनि संगै जोड्नु पर्ने देखिन्छ उनले बताए। समाजमा रहेका आमनागरिक लाई स्वस्थ्य जीवन यापन गर्न सहयोग पुग्ने छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशिले दुई दिने समिक्षा गोष्ठीमा सहभागी सम्पुर्ण लाई हार्दिक कृतज्ञता साथ धन्यवाद दिदै सम्बन्धित निकाय तिनै तहका सरकारले स्वास्थ्य क्षेत्र लाई विशेष प्राथमिकता राख्नु पर्ने र विशेष मनोसामाजिक सेवा लाई प्रभावकारि बनाउने बजेट विनियोजन गर्न समेत बताउनु भयो।
उनले भन्नू भयो ‘आएका सुझाव सल्लाह लाई आत्मसात गर्दै आगामी दिनमा थप सुधार गर्नेमा विशेष जोड दिने र जसमा निजि स्वास्थ्य संघसंस्था नवीकरणमा समस्या आएको हुँदा आगामी दिनमा यसको चेक लिस्ट भएको भए सहज हुने बताए। तर त्यो चेक लिस्ट नहुदा निकै समस्या आएको छ्। यसलाई सुधारको लागि अनुगमन गरिने छ।’

अध्यक्षता स्वास्थ्य कार्यालय कञ्चनपुर प्रमुख ओमप्रकाश जोशी ,प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहरा, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर जिल्ला प्रमुख अधिकारी नारायण प्रसाद सापकोटा , जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी उपरीक्षक चक्र राज जोशी, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक लगायत स्थानीय निकायका स्वास्थ्य शाखा र गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

ताजा समाचार