भुवन भट्ट/ कञ्चनपुर : क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य समुह) ९औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनकै लागि क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला सम्मेलन गरेको छ । सोमबार महेन्द्रनगरमा क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरले एकताको जिल्ला सम्मेलन गरेको हो । क्रान्तिकारी कम्युनिष्ट पाटी जिल्लाका युवा नेता राम बहादुर महरा(चिन्तक)ले एकताकोे जिल्ला सम्मेलन गरिएको बताए ।

उनका अनुसार क्रान्तिकारी कम्युनिष्ट पाटीका केन्द्रीय कार्यालय सचिव ईन्द्र मोहन सिग्देल(बसन्त)को प्रमुख आथित्य, क्रान्तिकारी कम्युनिष्ट पाटी सुप प्रदेशमा इन्चार्ज लाल बहादुर जाग्री, प्रदेश संयोजक महान चौधरी, जिल्ला इन्चार्ज हरि सुवेदी सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा जिल्ला सम्मेलन भएको छ । जिल्ला सम्मेलनबाट विष्णू नेपाली संकेटरी र अन्य सदस्य भएका छन । सदस्यहरुमा राम बहादुर महरा, हरि सुवेदी, दिल बहादुर विक , डम्बर विष्ट, कमल चौधरी , जय बहादुर रोकाया, भरत ठकुल्ला , दिपक महरा , हरिस जप्रेल , चन्द्रमान महता , रतन विक , कल्चु चौधरी , चन्द्रलाल चौधरी , पदम सार्की लगायत २१ सदस्यीय समिति गठन गरिएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य) कञ्चनपुरको मुल नेतृत्वमा चयन भएका सेक्र्रेटरी विष्णू नेपालीले संगठनलाई जिल्लामा चुस्तदुरुस्त बनाउँदै जनजिविका विषय उठान गर्दै जनताको हितमा काम गर्ने प्रतिज्ञा गरेका छन । नेकपा माओवादी केन्द्रबाटै ०७९सालमा छुट्टीएको तत्तकालिन नेकपा क्रान्तिकारी माओवादी(बैद्य), तत्तकालिन नेकपा बहुमत र नेकपा (मसाल)संग एकता भएको थियो । एकता भएको बर्षदिनमै बहुमत फेरी छुट्टिएपनि बहुमतमा नेता कार्यकर्ता बैद्य पाटीमै रहेको दावि गरिएको छ ।







