दोधारा चाँदनीबाट घाईते चित्तलको सकुशल उद्धार


 

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाबाट घाईते चित्तलको सकुशल उद्धार गरिएको छ् । सोमवार अबेर साँझ दोधारा चाँदनी नगरपालिका– ४ मालिका मध्यवर्ती सामुदायिक बन क्षेत्रबाट घाईते चित्तलको सकुशल उद्धार गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् ।

उद्धार गरिएको चित्तललाई स्थानियबासी, नेपाल प्रहरी तथा जनप्रतिनिधीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारीहरुलाई बुझाईएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । चित्तल मालिका मध्यवर्ती सामुदायिक बनमा रहेको मेसवायरमा अल्झिएको अवस्थामा रहेको स्थानियबासीहरुले देखेपछि आफुहरुलाई खबर गरेको वडाध्यक्ष सुनारले बताउनुभएको छ् ।

मेसवायरमा अल्झिएर घाईते भएको चित्तललाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाईएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् ।

 


ताजा समाचार

spot_img