रमेश प्रसाद भट्ट/कञ्चनपुर : पछिल्लो समयमा भारतसंग जोडीएका खुला सिमा नाकाका कारण भित्रने गरेको लागु औषधका कारण समाजमा दुर्वेसनीको अवस्था जर्जर भईरहेका बेलामा समाजलाई स्वस्थ राख्न अपरिहार्य रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताउनु भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आयोजनामा आयोजित लागु औषध नियन्त्रण सम्बन्धि तीन महिने अभियान अन्तरगत सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसंग समन्वय र सहकार्यमा लागु औषध नियन्त्रण सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रममा बाल्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले लागु औषध दुर्वेसनीले व्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै क्षती पुर्याईरहेकाले यस्तो विकराल रुपलाई नियन्त्रण र रोकथाम गरी समाजलाई स्वस्थ राख्न अपरिहार्य रहेको बताउनु भएको हो ।
उहाँले “लागु औषध नियन्त्रणका लागी सबै पक्षको उत्तीकैको भुमिका रहेको बताउदै यसको सेवन, बेचविखन, ओसारपसारको नियन्त्रण र रोकथामका लागी सबै पक्षले समुदाय स्तरबाटै जिम्मेवार भएर लाग्नु लागे मात्रै समाजलाई दुर्वेसनीको सिकार हुनबाट बचाउन सकिने धारण राखे ।” पछिल्लो तथ्याकंले कञ्चनपुर जिल्ला लागु औषध दुर्वेसनी, ओसारपसार र विक्रि वितरणमा नेपालका दश जिल्ला मध्ये सातौं स्थानमा रहेको बताउदै जिल्लालाई दुर्वेसनी मुक्त जिल्लाको एक नम्बरमा राख्न सबैले हातेमालो गरेर अघि बढनु सकेमात्र सम्भव हुनेमा जोड समेत दिनु भयो । उनले भने ‘अहिले कञ्चनपुर जिल्ला कारागारमा रहेको ५ सय कैदीबन्दी मध्येमा २ सय ६ जना कैदी लागु औषध मुद्धाका मात्र रहेको बताउदै यस्तो अवस्थाले समाज कतातिर गईरहेको छ, भन्ने प्रष्ट देखिन्छ ।’
तसर्थ यस्ता कार्यलाई जरैबाट उखेल्नु पर्नेमा राज्य, अभिभावक र सरोकारवाला पक्षले समेत जिम्मेवार भएर रोकथाम तथा नियन्त्रणमा जुटनु पर्ने तर्क राखे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीले जिल्लामा लागु औषध दुर्वेसनीको अवस्था, चुनौती, कार्वाहीको उपब्धि, कानुनी व्यवस्था रोकथामका तथा अपराध नियन्त्रको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला स्थित ९ वटै पालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि, ४ वटै सुरक्षा निकायका प्रतिनिधि, सरोकारवाल पक्ष लगायतको सहभागिता रहेको थियो ।