पतंजलि कञ्चनपुरद्धारा स्थानिय तहका प्रमुख उप्र प्रमुखलाई स्वागत तथा कार्यक्रम सम्पन्न


कञ्चनपुर : पतंजलि योग पिठ हरिद्धार द्धारा आयोजना गरिएको बौद्धिक सम्मेलनमा सहभागि फिर्केका जिल्ला विकास समितिका प्रमुख दुर्गा दत्त बोहरा, नगर प्रमुख पदम बोकटी, जिल्ला विकास समिति उप प्रमुख राम कुमारी राना. तथा भीमदत्तनगर उप्रुख निलम जोशी लेखक लाई पंतजलि कञ्चनपुरले एक कार्यक्रम बिच दोसल्ला ओढाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । पंतजलि कञ्चनपुरका महामन्त्री हरि रावलले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य महिला अध्यक्ष कमला पण्डेय, मिडिया प्रभारी प्रेम सिंह भाट, मार्गदर्शक बरिष्ट अधिवक्ता पूर्ण बहादुर चन्द, पंतजलि नेपालका महिला केन्द्रिय सदस्य कमला सापकोटा, पंतजलि नेपालका केन्द्रिय सदस्य लब राज भट्टले योग र आर्युवेद क्षेत्रमा पंतजली र नगरपालिका वीच रहदै आईरहेको सम्बन्ध लाई अझ बढि सक्रिय ल्याउने कुरामा जोड दिनु भएको थियो ।

पंतजली कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सम्मानित हुनु भएको नगर उप प्रमुख निलम जोशी, जिवस उप संयोजक राम कुमारी राना, नगर प्रमुख पदम बोकटी विशिष्ट अतिथि रहनु भएको थियो भने, जिविस प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहनु भएको थियो । सो अवसरमा बोल्नु हुदै स्थानिय नियकका प्रमुख उप प्रमुखहरुदे पंतजलिको कार्य योग र आर्युवेदको जन चेतना जगााई हरेक व्यक्तिमा शारिरिक, मानिसिक र अध्यात्मीक क्षेत्रको विकास संगै हरेक कार्य सम्पादनमा संकल्प बाट नै सिद्धि प्राप्त हुने भएकोले कञ्चनपुर जिल्लाका हरेक विद्यालयमा शुक्रवार योग शिक्षा संचालन गर्ने र प्रत्येक वडा कार्यालयमा योग साधना केन्द्र संचालन गर्न हर सम्भव सहयोग प्रदान गर्ने कुरा बताउनु भएको छ ।

यस अवसरमा सम्मानित जन प्रतिनिधिहरुले हरिद्धारमा लिएको प्रशिक्षण एक नया“ अवसर भएकोले कञ्चनपुर जिल्ला लाई योगमय बनाउन आगामी दिनमा सहकार्य रहने र आवश्यक भौतिक पूर्वाधारमा लागि पर्ने कुरा नगर प्रमुख पदम बोकटीले बताउनु भएको छ । सम्मान कार्यक्रममा वडा अध्यक्ष शुसिल भट्ट, भरत रावल, उपाध्यक्ष धन सिंह बडाल, मानार्थ सदस्य गणेश बहादुर चन्द, आजिवन सदस्य हरि दत्त लेखक महिला उपाध्यक्ष भावना के.सी., योग साधना केन्द्रका अध्यक्ष, पदाधिकारी तथा योग प्रशिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img