कञ्चनपुर जिल्ला फुटबल संघको बैठक सम्पन्न, विविध विषयमा छलफल

जिल्ला लिग फुटबल प्रतियोगितामा अनुशासन कार्वाहीमा परेका फुटबल खेलाडी पालको कार्वाही फुकुवा

महेन्द्रनगर: कञ्चनपुर जिल्ला फुटबल संघको कार्यसमितिको बैठक सम्पन्न भएको छ।

शुक्रबार असोज ११ गते महेन्द्रनगर स्थित कलश होटेलको सभाहलमा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा विभिन्न एजेन्डा बिच छलफलका साथै बैठक सम्पन्न भएको हो।

जिल्ला लिग फुटबल प्रतियोगिता -२०८१ सम्पन्न गर्दा लागेको आय / व्याय का साथ प्रतिवेदन जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले प्रस्तुत गर्नुका साथ उक्त बैठक बाट कार्यसमितिले पास गरेको छ।

प्रदेश लिग सम्बन्धि र करन सिंह पालको कार्वाही फुकुवा लगायतका विभिन्न एजेन्डा लगायत विविध विषयमा छलफल समेत भएको थियो। भने उक्त बैठक बाट गोबरधन भट्ट, गोपाल सिंह बिष्ट, हिमेश थापा र प्रकाश तामाङ गरि चार जना मानार्थ सदस्यमा समेत मनोनीत गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भएको छ।

कञ्चनपुर जिल्ला फुटबल संघको बसेको बैठकले आउने प्रदेश लिगको तयारीमा जिल्ला लिग च्याम्पियन क्लबलाई कसरी तयारी गर्ने भन्ने बारेमा समेत छलफल गरिएको छ। यसैगरी कञ्चनपुर जिल्ला फुटबल संघले अनुशासन कार्वाही मा परेका फुटबल खेलाडी करन सिंह पालको कार्वाही फुकुवा आजकै मिति देखिगर्ने समेत निर्णय भएको महासचिव रावलले बताउनु भएको छ।

 

ताजा समाचार

spot_img