शान्ति निकेतनकी आकृति अङ्ग्रेजी हस्त लेखन प्रतियोगितामा प्रथम


कञ्चनपुर – शान्ति निकेतन माध्यमिक विद्यालयकी छात्रा आकृति चन्दले अङ्ग्रेजी हस्त लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।

गड्डाचौकीस्थित भुवनेश्वरी माध्यमिक विद्यालयले शुक्रबार उक्त प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगितामा सामुदायिक र संस्थागत २९ विद्यालयका १२० विद्यार्थी सहभागि भएका थिए।

विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले विजेता चन्दलाई बधाई दिएका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ४ हजार नगद सहित मेडल र ट्रफी रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img