विरेन्द्र बाग / कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटीले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता कञ्चनपुरमा मङ्गलबार देखि सुरु भएको छ । बैतडी ,डडेल्धुरा कैलाली र कञ्चनपुरका चार जिल्लाका बिभीन्न क्याम्पसका स्नातकतहमा अध्ययनरत विद्यार्थीहरुका जम्मा २२ टिमको सहभागिता रहकोे र फाइनल १० टीमले मात्रै बुधबार सहभागी हुने आयोजकले जानकारी दिनु भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका भ्वाइस अफ युनिभर्सिटीका अध्यक्ष पुस्कर राज पन्तकोे सभाअध्यक्षतामा कार्यक्रम उद्घाटन र भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो। प्रतियोगिताको प्रथम पुरस्कार रू ५५ हजार ५ सय ५५, द्वितिय पुरस्कार रू २२ हजार २ सय २२ र तृतीय हुने टीमलाई रू ११ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल प्रमाण पत्र प्रदान गरिनेछ ।सुदूरपश्चिम विश्वविद्यालयकाभ्वाइस अफ युनिभर्सिटीका अध्यक्ष पुस्कर राज पन्तले जानकारी दिनु भएकाे छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्ने भन्दै अतिरिक्त क्रियाकलाप गर्न आवश्यक रहेको बताए।

साथै उनले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न नगरपालिकाले सँधै सहयोग गर्ने प्रतिवद्धता गरेका छन्। उद्घाटन कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक, विभिन्न सरकारी गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधि, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो । सहभागी टीमहरुलाई आयोजकले खान बस्नको व्यावस्था समेत गरेको वाइस अफ युनिभर्सिटीका अध्यक्ष पुस्कर राज पन्तले जानकारी दिनु भएकाे छ।







