कञ्चनपुर : महाकाली साहित्य सङ्गमले बर्षेनी मनाउदै आएको गोरा महोत्सव यस बर्ष २०८१ भाद्र ०८गते बिरुडा पन्चमि देखि महेन्द्रनगर कन्चनपुर को सार्वजनिक मन्चमा आयोजना गर्न सङ्गम का केन्द्रीय अध्यक्ष हरीश प्रसाद जोशी को सयोजकत्वमा १५१ सदस्यिय मुल आयोजक समिति गठन गरेको छ।।

मान प्रसाद भट्टको सयोजकत्वमा ११ सदस्य रहेको मन्च ब्यवस्थापन उपसमिति, पन्चमराज भट्ट को सयोजकत्वमा ५ सदस्य गोरा का विविध क्रियाकलाप को परिचर्चा उपसमिति,लछ्मि प्रसाद भट्टको सयोजकत्वमा आर्थिक उपसमिति, हजारी सिंह पुजारा को सयोजकत्वमा अनुगमन मूल्याङ्कन उपसमिति, चिनाराम नेपाली को सयोजकत्वमा सास्कृतिक उपसमिति, कुन्ती बोहराको सयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ। चन्द्र गिरि, इश्वरी दत शास्त्री, हिरा जोशी भट्ट, प्रेमबल्लभ भट्ट, अम्बादत जोशी, गिता आउजि, लाइ डेउडा ब्यवस्थापन दैनिक गोरा मा गाइने मागलिक फाग, गीत को सयोजन गर्ने जिम्मेवारी दिइएकोछ। गो:रा महोत्सव _२०८१ मा लोक बाजा, पहिरन, खाद्य परिकार, गरगहनाहरू, पुरातात्विक बस्तु, जीवन शैली ,ऐपण कलाको प्रदर्शनी आयोजना गरिनेछ।

डेउडा का गिदारी, गिदाराहरुको सम्मान अभिनन्दन हुनेछ।
गोरा का प्रत्येक क्रियाकलाप को छायाङ्कन गरिनेछ।
ठाडो खेल, ढुस्को धमारी, औल्याखेल, भग्गालिङ्ग, डेउडा (महिला पुरूष) दैनिक खेलाइने छन। पन्च बिरुडि, गोराएकदशी, गोरा डालो, महेश्वर बालो, कुन्डनानु, सप्तम्या, दु धागो, औसेक, अनारि उजालिगोरा, नया गोरिया, लाखेनाच, नोलाइगोरा, अठेवालि, मुन्डो पुज्ने, जोलापुरि, प्रसाद बितरण, बाल बृद्ध युवाका खेलमाल, गोरा सेलाउने लगायत को बर्णन र प्रदर्शन रहने छ। महोत्सव लाइ सफल गर्न सम्पूर्ण महानुभावहरु लाइ अपील गरिएको छ।







