कञ्चनपुर: नेपाल कम्युनिष्ट पाटी(बहुमत)ले किसानमाथि लगाएको कर खारेजीको माग अघि सारेको छ । नेकपा बहमुत कञ्चनपुरले किसानमाथि थुपारेको अनाश्यक कर खारेजीको माग अघि सारेको हो ।

बहुमत कञ्चनपुरले प्रेस नोट जारी गर्दै भीमदत्त नगरपालिकाले करको भार थुपारेको भन्दै खारेजीको माग अघि सारे छ । नेकपा बहुमत कञ्चनपुरका जिल्ला सचिव नक्सालले हस्ताक्षर गरेको विज्ञप्तीमा किसान मारा निर्णय खारेजी नगरे आन्दोलनको चेतावनी दिएको छ







