प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशद्धारा कृष्णपुरका राजी समुदायलाई न्यानो कपडा वितरण


रमेश प्रसाद भट्ट/कञ्चनपुर: नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशद्धारा कृष्णपुरका राजी समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर–४ दया अमरपुरमा बस्ने लोपउन्मुख जातिका राजि समुदायलाई प्रहरी श्रीमति संघ सुदूरपश्चिम प्रदेशले न्यानो कपडा वितरण गरेको हो । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक भरत बहादुराको प्रमुख आतिथ्यता र प्रहरी सुदूरपश्चिम प्रदेश श्रीमति संघका अध्यक्ष एकता बोहराको विशिष्ट आतिथ्यता तथा कञ्चनपुर प्रहरी प्रमुख कमला थापा, राजि साल्पा समाज कञ्चनपुरका जिल्ला अध्यक्ष बासमति राजिको आतिथ्यतामा राजि समुदायका पाँच घरपरिवार ३० जना भन्दा बढीलाई न्योनो कपडा वितरण गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

लोपउन्मुख जातिमा पर्ने राजि समुदाय पनि रहेकाले उनीहरुलाई सानै भएपनि चिसोमा लगाउन न्यानो कपडा वितरण गरिएको नेपाल प्रहरी श्रीमति संघ सुप प्रदेशका अध्यक्ष एकता कुवँरले बताउनु भयो । केहिदिन अघिमात्रै बाजुरामा नेपाल प्रहरीका आईजिपि बसन्त बहादुर कुवँर सहित श्रीमति संघका केन्दिय अध्यक्षको उपस्थितिमा न्यानो कपडा र खाद्यान्न वितरण गरिएको र डोटीको पिपल्लामा वादि समुदायलाई न्यानो कपडा वितरण गरिएको बताउदै सोहि निरन्तर कार्यक्रम अनुरुप कञ्चनपुरका लोपउन्मुख राजि समुदायलाई न्यानो कपडा वितरण गरीएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजि भरत बहादुर बोहराले बताउनु भयो । उनले भने “आर्थिक रुपले विपन्न लोपउन्मुख वर्गलाई सहयोग गर्ने अवधारण अनुरुप नेपाल प्रहरी श्रीमति संघ सुदूरपश्चि प्रदेशले यस्तो कार्यक्रम सञ्चालन गदै आईरहेको छ ।” राजि समुदायका व्यक्तिको शान्ति सुरक्षाका र उनीहरुका समस्याका सवालमा नेपाल प्रहरीले खेल्नु पर्नै भुमिकाका लागि प्रहरीले सहयोग गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरे । जसका लागि बोलिदिने कोहि छैन, उनीहरुका लागि हामि नेपाल प्रहरी रहेको समेत डिआईजि बोहराले बताए ।

राजि समुदायका लागि आगामि दिनमा समेत अन्य कार्यक्रम ल्याएर आउने डिआईजि बोहराले बताए । विभिन्न जिल्लाका विभिन्न ठाउँमा श्रीमति संघले कार्यक्रम गदै आएकोमा हामिले कञ्चनपुरमा पनि यसरी स्वागत गर्न पाएकोमा खुसि लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापाले बताउनु भयो । उनले भने ‘नेपाल प्रहरीले धेरै कार्यक्रम गदै आएरहेको छ, यसै सिलशिलामा अल्प्संख्यक लोपउन्मुख समुदायलाई न्यानो कपडा वितरण संगै प्रदेश प्रहरी कार्यालयले लिइएको लक्ष्य अनुसासार मातहतका प्रहरी हामिले पालना गर्ने शिलसिलामा नागरिक संग नजिक भएर नागरिककै सेवा गर्ने सन्दर्भमा यो एउटा सांकेतिक कार्यक्रम मात्रै हो ।’ यसरी नेपाल प्रहरी सधै जनताकै सेवामा कटिबद्ध रहेको उनले बताए । यसरी हाम्रो वस्तीमै आएर सहयोग गरेकोमा स्थानिय राजि साल्पा समाजकी जिल्ला अध्यक्ष बासमति राजिले हामिहरु निकै खुसि भएको बताए । उनले भने ‘हामिलाई चिसोमा न्यानो कपडा सहयोग गरेकोमा नेपाल प्रहरी श्रीमति संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष सहितलाई हार्दिक धन्यावाद व्यक्त गर्दछु ।’ नेपालमा बसोवास गर्ने कुल १ सय २५ जातजातिको वसोबास मध्ये ८८ जातिको जनसंख्या एक लाख पनि छैन । तिम मध्ये पर्ने एक जाति राजि समुदाय रहेको पाईन्छ ।

केहि दशक अगाडि घुमन्ते जिवन विताउने यो जाति लुम्बिनी प्रदेशको दाङ, बाके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञचनपुर र कैलालीमा बसोवास गर्ने राजि मुदायको कुल जनसंख्या ४ हजार २ सय ३५ रहेको छ, जुन नेपालको जनसंख्याको ०.०१६ प्रतिशत रहेको पाईन्छ । प्रकृति पुजक राजि रातिले विशेष गरी कन्धमुल, गिठ्ठा, मौरीको मह, माछा खाने गर्दछन् । प्रायः जंगलको छेउतिर बसोवास गर्ने यि समुदायलाई कृष्णपुरमा दुई स्थानमा सरकारले ५ कठ्ठाका दरले जग्गा दिएर बसोवास गरेको छन । राजि जातिले खेति किसानी र ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने गरेको राजि साल्पा समाजका जिल्ला अध्यक्ष बासमति राजिले बताउनु भयो । यसरी न्यानो कपडा पाए पश्चात राजि समुदाय खुसि भएका छन् ।


ताजा समाचार

spot_img