कंचनपुरको भीमदत्त –६,खैरेनी वस्ने २३ वर्षकी सुस्मिता चौधरीको साउन १४ गते राती धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको दावी गरिरहेको छ भने माईती पक्षले आत्महत्या गर्न बाध्य पारिएको दाबी रहेको छ । यद्यपि, कक्षा ९मा पढ्दा पढदैं गरेको स्कुले माया कति दिन पो टिक्थ्यो र ? ह्यालख्यालमै लाएको मायाले नै उनको जीवन लिला नै समाप्त पर्ला भन्ने उनले कहाँ सोचेकी होलीन् ? भीमदत्तनगर –१८ भगतपुरकी सुस्मिता चौधरी(१८ वर्षीय) ले भीनपा–६ खैरेनी वस्ने अजय चौधरी (२३ वर्षं) संग तीन वर्ष अघि भागेर पे्रम विवाह गरिन्, अहिले आएर सुस्मितालाई त्यही पे्रम विवाह गल्पासो बन्न पुग्यो ।
उनको पारिवारिक स्रोत (माईती पक्ष)का अनुसार वेदकोट दैजी, छेला स्थायी घर भएका अजयसँग उनको सम्बन्धमा विवाह भएको वर्ष दिन नपुग्दैदेखि खटपट बढ्दै गयो । लामो समयदेखि अयजले सुस्मितालाई शारीरिक तथा मानसिक यातना दिने गरेका थिए, घरपरिवारका अन्य सदस्यले समेत सुस्मितासँग राम्रो व्यवहार गर्दैनथे, यो घरझगडा उत्कर्षमा पुग्यो । सुस्मिताका बुबा दिपक चौधरी भन्छन् ‘ छोरी एकपटक त ६/७ महिनाका लागि माईतै बसेकी हो, पछि ज्वाइँ नै लिन आएपछि सम्झाई बुझाई गररे पठाएको हुँ ।’
उनलाई उत्पीडन असह्य भएपछि उनी माइत आएको र नजाने भनेको बुवा दिपकले सम्झीए । सुस्मिताले विष सेवन गरेपछि माईती पक्षलाई सुईको सम्म दिइएन । साउन १४ मा सुस्मिताले विषालु औषधी सेवन गरेको भन्दै परिवारले उनलाई दिउसो ११ः३० बजेतिर महाकाली अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार हुन नसकेपछि उनलाई सेती प्रादेशिक अस्पताल पु¥याइयो, त्यसपछि सेती अस्पतालबाट निसर्ग अस्पतालमा लगियो ।
सुस्मिताको औषधी सेवन गरेको, दिपकलाई महाकाली अस्पतालमा कार्यरत चिनजानको एक जना स्वास्थ्यकर्मीले टेलिफोनमा खवर गरेपछि बल्ल थाहा पाए । त्यो सुन्ने वित्तिकै छोरी भएको ठाउँ निसर्ग अस्पताल धनगढी कैलालीको आइसियुमा भेट्न सम्म भ्याएका रहेछन् उनले । त्यहाँ पुग्दा आकाशबाट भूइँमा खसेझै लाग्यो उनलाई छोरीको अवस्थादेखेर, उनलाई झन आश्चर्य त त्यतिबेला लाग्यो, जब उनको पोष्टमार्टम रिर्पोटमा डाक्टरले नै रडले कम्मरमा हानेको निलो कालो निल डाम रहेको छ भने । उनको पोष्टमार्टम सेती अस्पतालमा गरिएको थियो ।
छोरीको याद आज पनि आँखामा झल्झल्ती आउँछ । मृत्युको सैयामा रहेको अवस्थामा पनि एकमुठी सहास जुटाई मृतक सुस्मिताले आफ्ना बुबालाई आफूमाथि आफ्नै पारिवारबाटै भएको शारीरिक तथा मानसिक यातनाका बारेमा वताएकी छन् ‘ मैले पैसा माग्ने गर्थे, त्यसैले कम्मरमा र्हिकायो, पैसा माग्दा किच किच गर्न थालेपछि पैसा माग्न पनि छोडे, तर पनि उसले कुट्न छाडेन’’ ‘ऊ अर्कै केटीसँग लागेको रहेछ’ त्यसैले निहुँ खोजी खोजी बारम्बार कुटपिट गर्ने गथ्र्यो’’ शुस्मिताले आफ्ना बाबुलाई भनेकी रहेछिन् । विषालु औषधी सेवन गर्न बाध्य पारिएको छोरीले भनेको सम्झीदाँ उनका बाबुका आँखा रसाएका थिए ।
उनले कानूनी सहायता लिन जिल्ला प्रहरी कार्यालय कंचनपुरमा उजुुरी दिन प्रयास नगरे पनि होइनन् , साउन १५ गते छोरीको मृत्युपछि छोरीले न्याय पाउनुपर्ने भन्दै दिपकले निवेदन दिए, तर मुद्दा फाँटमा हेर्ने मान्छे नभएको भन्दै उनलाई फर्काइयो । ‘‘छोरीको दाहासंस्कार गर्नुस् , मुद्दा दर्ता गरिहाल्र्छौ भने प्रहरीले’ फेरी त्यही दिन ब्रहमदेव घाटमा दाहसंस्कार ग¥यौँ ’’ मृतक चौधरीका बाबुले भने । सुस्मितालाई पहिलेदेखि नै कुटपिट गर्ने गर्थे, अहिले पनि उनकै पति र परिवारको मिलोमतोमा उनलाई जवरजस्ती सेल्फास खुवाईएको सुस्मिताको माईती पक्षको दावी रहेको छ ।
‘‘सुस्मिताको जीउँमा निलो डाम देखेँ’ उनका बाबुले भने, जवरजस्ती सल्फास खुवाएर छोरीको ज्यानै लिएकारहेछन् पापीहरुले’’ छोरीको भनाईलाई उद्धत गर्दै उनका बाबुले भने–‘ केटाको अर्कै केटीसँग चक्कर चलेको छ, मसँग राम्रो व्यवहार कहिल्यै गरेन’ यद्यपि, अजय (केटा पक्ष)ले भने आत्महत्या गरेको दावी गरेका छन, तर त्यो कुरा मान्न माईती पक्ष तयार छैनन् ।
उजुरी दर्ता गर्न प्रहरीले ढिलाई ग¥यो किन ? जिल्ला प्रहरी कार्यालय कंचनपुरमा दिपक चौधरी(शुस्मिता बुबा) ले दिएको जाहेरी दर्ता गर्न प्रहरीले आनाकाना गर्ने गरेको देखिएको छ । ४ दिनसम्म दर्ता नगरेको आत्महत्या दुरुत्सान विरुद्धको जाहेरी कंचनपुर प्रहरीले ५औं दिनपछि सोमबार मात्रै उजुरी दर्ता गरेको छ ।
कंचनपुर जिल्ला प्रहरी कार्यालयले सोेमबार शुस्मीत मृत्यु घटनामा उनका बाबु दिपक चौधरीले दिएको आत्महत्या दुरुत्साहन विरुद्ध जाहेरी दर्ता भएको जनाएको छ ।
कंचनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले भने, ‘‘आत्महत्या दुरुत्सान विरुद्धको जाहेरी आज दर्ता भएको छ, आरोप लागेका निज सुस्मिताका पति अजय चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाईरहेका छौँ ।’’
उनले सेती अस्पतालबाट भएको पोष्टमार्टम रिर्पोट र अन्य परिस्थितिजन्य प्रमाणहरु अध्यनन गरेर जाहेरीकर्तासँग समन्वय गरेर अनुसन्धान गरिने जानकारी दिए । प्रवक्ता थापाले,‘सेती प्रादेशीक अस्पतालमा भएको पोस्मार्टम रिपोर्ट ह¥ेयौँ, जाहेरी दिनेसँगको समन्वयमा अन्य परिस्थीतिजन्य प्रमाणहरु पनि अध्ययन गर्र्छौैँै ।’
‘प्रहरी मेरो साथी’ भन्ने नारा लगाउने प्रहरी प्रशासनको ढिलाई तथा लापरवाही भएको देखिएको छ । संवेदनशील महिलाहिंसाका घटनामा समेत प्रहरी किन यति वेप्रवाह बन्छ भन्ने प्रश्न ट्डकारो रुपमा उठेको छ । सुस्मिता त एक पात्र मात्रै हुन् , यस्ता कयौँ अन्य पिडितका न्यायीक सवालमा अनुसन्धान तथा सुरक्षा बागडोर समातेको संयन्त्र नै तैचुप मैचुप किन हुन्छ ? के हरेकले न्याय पाउन आन्दोलन नै गर्नुपर्ने हो र ! जनताको पेचिलो प्रश्न यहि छ कि ‘फाइल त पछि अध्ययन गरेपनि हुन्थ्यो नि प्रहरीज्यू’ कहिले सम्म सोझासाझा जनतालाई अल्झ्याउने ?