कञ्चनपुर : नेपाल भारतको संस्कृति, साहित्य सरक्षणमा सरोकारवालाले जोड दिईएका छन । शुक्रबार महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविदालय र महाकाली साहित्य सगमले आयोजना गरेको दुई देशीय भाषा, सम्भता, साहित्य तथा जलवायु सम्बन्धी अन्तरकृया कार्यक्रममा संस्कृति, साहित्य सरक्षणमा सरोकारवालाले जोड दिईएका हुन ।

कार्यक्रममा महाकाली साहित्य सगमका अध्यक्ष हरि प्रशाद जोशीले सगमको ३५ औँ स्थापना दिवसमा दुईदेशको समान संस्कृति बारे छलफल गरिएको छ । विभिन्न श्रष्ठाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा सुुदूरपश्चिमका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डको समान भाषा, संस्कृति, साहित्य, सम्भवता भएकाले सरक्षणमा जोडदिए ।

बिशिष्ठ अतिथि रहेका भारतका अन्नेषण विज्ञ डा. यशोधर मठ्पालले पनि दुई देशका समान संस्कृति सरक्षणमा सबैको भूमिका रहेको औल्याए । प्रमुख अतिथि समेत रहेका समाजसेवी एव अमेरिकाका लागि पुर्व नेपाली राजदुत अर्जुन थापाले दुईदेशीय संस्कृतिको सरक्षणमा जोडदिए । कार्यक्तममा दुई देशमा साहित्यकर्मी सहितको सहभागिता रहेको थियो ।







