कञ्चनपुर जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु


कञ्चनपुर : कञ्चनपुरमा शुक्रबारदेखि जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मुल नाराका साथ जिल्ला खेलकुद समितिको आयोजनामा १६औँ संस्करण अन्र्तरगत राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।

जिल्लाको बेदकोट नगरपालिका ६ सिसैैया स्थित भुवनेश्वरी माध्यामिक विद्यालयको प्राङगणमा शुरु भएको प्रतियोगिताको उद्घाटन बेदकोट नगरका मेयर भोजराज बोहराले उद्घाटन गरेका छन । प्रतियोगिता उद्घाटन गर्दै मेयर बोहराले खेलकुद आफ्ना लागि मात्रै नभई देशका लागि भएकाले सबै खेलाडीको मर्यादित भएर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्नेमा जोडदिएका छन ।
जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले प्रतियोगितामा सहभागि पालिका स्तरका खेलाडीहरुविच उद्घाटनकै दिनदेखि प्रतिस्पर्धा भईरहेको बताए ।

अध्यक्ष सिहले ६ खेलकुदका विद्याहरु भलिबल, कब्डी, एथलेटिक्स, तेक्वाण्डो, कराँते, उसुका खेलाडीविच प्रतिस्पर्धा भईरहेको छ । अध्यक्ष सिहका अनुसार हरेक पालिबाट भलिबल तर्फ छात्रछात्र ९/९, कबड्डी छात्रछात्रा ९/९, एथलेक्टिेक्स छात्रछात्रा ११/११, तेक्वाण्डो छात्रछात्रा ६÷६, कराँते ६/६ र उसु ६/६ गरेर हरेक पालिकाबाट ९४का दरले ८सय ४६खेलाडीविच प्रतिस्पर्धा हुन लागेको छ ।

उनले गत बर्ष बेदकोट नगरका मेयर भोजराज बोहराले यस पटक जिल्ला स्तरिय प्रतियोगिता आफ्नो पालिकाले गर्ने प्रतिबद्धता अनुरुप बेदकोट नगरमा गर्न लागेको बताए । यस अघि १४औँ जिल्ला स्तरिय संस्करण बेलौरी, १५औँ शुक्लाफाँटा र अहिले १६औँमा बेदकोट नगरमा हुन लागेको छ ।

जिल्ला स्तरिय प्रतियोगितामा सहभागिताका लागि कञ्चनपुर जिल्लाभरीका खेलाडी, प्रशिक्षकको सहभागिता भएको छ । तीन दिनसम्म संचालन हुने जिल्ला स्तरिय प्रतियोगिताबाट छनौट हुने खेलाडी सुप प्रदेश स्तरियदेखि राष्ट्रिय प्रतियोगिता सम्मै छनौट हुनेछन । खेलाडीदेखि सरोकारवालाले बर्षको बर्षदेखि समयमै प्रतियोगिता संचालन गर्न आब्हान गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img