आज तिलाचौरमा बिसरती मेला


कञ्चनपुर : आज कञ्चनपुरको तिलाचौर गाँउमा बिसरती मेला संचालन हुन लागेको छ । गत विगका बर्षहरु जस्तै यस बर्षपनि भीमदत्त नगरपालिका–८ तिलाचौरमा बुधबारका बिसरती मेला संचालन हुन लागेको छ । बुधबार दिउँसोदेखि संचालन हुने मेला रातभरी संचालन हुने छ । भीमदत्त नगरपालिका १० जिमुवामा रहेको मा.दुर्गादेवी संरक्षण समितिको आयोजनामा बिसरती मेला–०८० संचालन हुन लागेको छ । परापुर्वकादेखि सुदूरपश्चिमेली (बझाङ्गी) समुदायले मनाउँदै आएको बिसरती पर्व यस बर्षपनि धुमधामका साथ मनाईदैछ । सुप प्रदेशको पहाडी क्षेत्रमा मनाउदै आएको पर्व तराई तिलाचौरमा समेत मेला मनाउदै आएका छन ।बिसरती मेला मुल आयोजक समितिका संयोजम नारायण मिश्रले मेला तीनदिन अघि देखि शुरु भएर अजा समापन गरिने बताए ।

मेला संयोजक मिश्रका अनुसार धर्म संस्कृति संरक्षण, प्रर्बद्धनका लागि यस बर्ष समेत मेला आयोजना गरिएकोछ । मादुर्गादेवी मन्दिरको प्राङगाणबाट जात तिलाचौर त्रिभुवन माविको प्राङगणमा पुगेर मेलामा परिणत गरिनेछ । उनका अनुसार त्रिभुवन माविको प्राङ्गणमा मेला आयोजना गरिएको छ । संयोजक मिश्रले फिल्ड, मञ्च, स्टल, पार्र्किङ्ग, देउडा, सुरक्षा लगायत सबै व्यवस्थापन भएको बताए । संयोजक मिश्रले मेलामा रातभरी देउडा खेलिने र देउडा खेलाडीका लागि पानीदेखि भोजनको समेत प्रबन्ध गरिएको छ । संयोजक मिश्रले दर्शनार्थीका लागि पार्किङ्ग व्यवस्थित गरिने बताए ।
बिसरतीका जानकार लाल बहादुर थापाले दुर्गा र सुर्मादेविले राक्षस महेषासुर संगको लडाईमा जित हासिल गरेको खुसियालीमा मनाईदै आएको पर्वलाई निरन्तरता दिदै आएको बताए । उनका अनुसार व्रतालु महिला र पुरुषले खडयात्री गरेर बिसरती मनाउँछन । १८ भदौँमा जाग्राम, १९ मा व्रत बस्ने र २० गते मन्दिरबाट तिलाचौरको फिल्डमा ल्याएर बिर्सजन गरिन्छ । उनका अनुसार हरेक बर्ष १६ माघ, फागुन, २० जेठ र २० भदौँमा राक्षसीसंगको विजेताको अवसरमा खुसीयाली बनाईन्छ ।

मेला संरक्षण एव भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रले मेला धार्मिक पर्यटकिय विकासका रुपमा परिणत गरिने बताए । उनले वडाबाट शान्ति सुरक्षा, भोजन, खानेपानी, लाईटिङ्गदेखि विभिन्न आवश्यक पुरै सहयोग गरिने बताए । ‘मेला स्थानदेखि नजिकै भम्केनी धाम पनि छ, ‘उनले भने, ‘मेलामा आएका दर्शनार्थी भम्केनी पनि जानेछन ।’ अध्यक्ष मिश्रले हरेक बर्ष भदौँ २० गते मनाईने पर्वलाई सभ्य, भव्य र कञ्चनपुरकै धार्मिक मेलाका रुपमा विकास गर्नका लागि सबै समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगमा अपिल गरेका छन । मेला परिसर भित्र धुम्रपान तथा मध्यपान निषेध गरिएको छ । अध्यक्ष मिश्रले धर्म,संस्कृति कला एव परम्परा संरक्षणका लागि समेत सरोकारवालाले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोडदिए । हरेक बर्ष उल्लासपुर्ण वातावरणमा मनाईने पर्व यस बर्षसमेत मनाईने र सुदूरको कला संस्कृति धर्म सरक्षणका लागि सरोकारावालाले भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिए । मेला अवलोकनका लागि कञ्चनपुर, कैलाली सहित अन्य जिल्ला, स्थानबाट समेत हजारौँ दर्शनार्थी तिलाचौर आउने गरेका छन ।


ताजा समाचार

spot_img