कञ्चनपुर: छात्रामाथि दुव्र्यवहार गरेको आरोप लागेका भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माविका शिक्षक बिरेन्द्र जोशीमाथि कुटपिटमा संलग्नलाई कार्बाहीको माग अघि सारेर आइतबार देखि शिक्षक आन्दोलित भएका छन । नेपाल शिक्षक महासंघ पालिका स्तरिय आन्दोलन परिचालन समिति भीमदत्त नगरले आइतबारदेखि नगरका सामुदायिक तथा निजी विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको जनाएको छ । शिक्षक महासंघ भीमदत्त नगर आन्दोलन परिचालन समितिले प्रहरीको हतकडीदेखि प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएको भन्दै घटनामा सलग्नमाथि कार्बाही नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । नेपाल शिक्षक महासंघ जिल्ला स्तरीय आन्दोलन परिचालन समिति भीमदत्त नगरका संयोजक, सह–संयोजकद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा ११ भदौँमा विभिन्न निकायमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएकोछ ।

भीमदत्त नगरका शिक्षक नेता पुष्पराज ओझाले शिक्षकमाथि अमानविय रुपमा गरिएको कुटपिटको भत्र्सना गर्दै शिक्षक टे«ड आन्दोलित भएको बताए । आइबार भीमदत्त नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई केन्द्र, प्रशासन सहितका निकायमा ज्ञापन पत्र बुझाएर शिक्षकमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारिने शिक्षक ओझाले बताए । शिक्षकको आन्दोलनका कारण भीमदत्त नगरका १ सय २८ सामुदायिक तथा निजी विद्यालयमा पठन पाठन बन्द भएको छ । सिद्धनाथ माविमा ३ भदौँ देखि नियमित पठन पाठन अवरुद्ध भएको छ । सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशी र कक्षा १०मा अध्ययनरत छात्राविच सिँढी चढ्ने र ओर्लिने क्रममा एक आपसमा ठोक्किएको विषय अहिले चरम उत्कर्षमा पुगेको छ ।

समान्यतया हिडडुल गर्ने क्रममा एक आपसमा ठोक्किनु कुनै ठुलै अपराध होईन, तर शिक्षकले नियतबस जानीजानी भए छात्रामाथि ठोक्किन गएको भए त्यसको सम्बन्ध निकायबाट छानबिन भएर ठोषी प्रमाणित भए सजाय हुने कानुनी व्यवस्थाको धज्जी उठाउँर्दै छात्रा समुहबाट आएको हुलहुज्जलले शिक्षकमाथि निर्घात कुटपिट गरेपछि घटना चरम उत्कर्षमा पुगेको हो । विद्यालय कार्यकक्षमै प्रहरीले हतकडी लगाएर ल्याउने क्रममा प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएपछि कुटपिट गर्ने समुहको मात्रै नभई प्रहरीको समेत आलोचना बिरोध भईरहेको छ । विद्यालय, अभिभावक, शिक्षक संघ संगठनहरुले प्रहरी घेराभित्र रहेका शिक्षकमाथि निर्घात कुटपिटदेखि विद्यालयमै गएर हतकडी लगाएर ल्याउने कार्य निन्दनिय भएको धारणा अभिव्यक्त गरिरहेका छन । ३ भदौँदेखि विद्यालयमा नियमित पठन पाठन हुन नसकेको छैन । विद्यालयमा दैनिक विवाद र किचलो भईरहेको छ । जसका कारण ६ सय भन्दा बढि विद्यार्थीको पठन पाठन अवरुद्ध भएपछि विद्यार्थीको भविष्य चौपट बन्ने चिन्ता व्यक्त गरिएको छ । छात्रा र शिक्षक दुवै पक्षबाट एक अर्का बिरुद्धमा मुद्दा मामला भएको छ । छात्राका तर्फबाट घर परिवारले शिक्षक बिरेन्द्र जोशी बिरुद्धमा बाल यौनदुराचार बिरुद्धमा मुद्दा दायर गरेका छन ।

घाईते शिक्षक जोशी परिवारका तर्फबाट कुटपिट गर्ने ८ जना बिरुद्धमा ज्यान उद्योगमा मुद्दा दर्ता गरिएको छ । विद्यालयले समेत शिक्षकमाथि कुटपिट गर्ने बिरुद्ध कार्बाहीको माग अघि सारेको छ । सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण बोहराले शिक्षक माथि मरणाशन्न हुने गरी कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेर प्रहरीमा उजुरी दिएको बताए । प्रअ बोहराले प्रहरीले विद्यालयमै प्रवेस गरेर हतकडी लगाएर लैजादा समेत गिरोहले अमानविय तरिकाले कुटपिट गरेको भन्दै कानुनी कार्बाहीको माग अघि सारेको बताए । ३२ साउनमा शिक्षक जोशीले कक्षा १० मा अध्ययनरथ एक छात्रामाथि दुव्र्यवहार गरेको भन्दै छात्राका आफन्त एव केही बाहिरका मानिसले ३ भदौँ विद्यालयमा बिरोध प्रर्दशन गरेर आन्दोलन गरेका थिए । छात्रा परिवार किटानी जाहेरी गरेको दोस्रो दिन शिक्षक परिवारले समेत किटानी जाहेरी दर्ता गरेका छन । कञ्चनपुर प्रहरीले छात्रा र शिक्षक जोशी दुवैका तर्फबाट आएको उजुरी दर्ता भएको जनाएको छ । छात्राले आफुमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै शिक्षक जोशीमाथि आरोप लगाएपछि आइतबार विद्यालयमा हुल समुहले शिक्षकमाथि निर्धात कुटपिट भएको थियो । शैक्षिक रुपमा छवि बनाएको सिद्धनाथ माध्यामिक विद्यालयमा घटेका दुवै घटनाले विद्यार्थी, शिक्षक र अभिभावलाई स्तब्ध बनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्टले घटनाबारे शिक्षक, विद्यालय व्यवस्थापन समितिलाई बुझ्न नदिदै हुलहुज्जले विद्यालयमा ठुलो दुर्घटना गराएको बताए ।
उनले अब दुवै पक्षबाट मुद्दा दायर भएर कानुनी रुपमा कार्बाही प्रकृया अघि बढेकाले बाँकी विद्यार्थीको भविष्यलाई मध्य नजर गर्दै पठन पाठनको वातावरण सृजना गरिदिन विद्यार्थी, अभिभावक, शिक्षक एव सरोकारवाला पक्षसंग आग्रह गरेका छन । शिक्षक जोशी परिवारले दिएको किटानीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आशिष टमाटा, करन औजी, दिर्घराज पाण्डे र नरेन्द्र नाथलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले दुवै पक्षबाट आएको किटानी जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको बताए । उनका अनुसार घटनाको छानबिन भईरहेको छ । ‘एक पक्ष अस्पतालमै छन, अर्का पक्षलाई पक्राउ गर्नेदेखि सोधपुछ अनुसन्धानको काम अघि बढेको छ, ‘उनले भने, ‘घटनाको शुरुवातीदेखिका सबै घटनाक्रममा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको छ ।’ घाईते शिक्षक जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ ।






