कञ्चनपुर : अनेरास्ववियू कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला तोडिएको छ । आइतबार स्वतन्त्र विद्यार्थी समुहका नाममा आएका केही विद्यार्थीले सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला तोडेका हुन ।

गत साउन तेस्रो साता नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले प्रशनपत्रमा लार्पबाही गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका थिए । लामो समयसम्म तालाबन्दी भएपनि विश्वविद्यालयले पहल नगर्दा तालाबन्दी यथावत रहेको थियो । अनेरास्ववियूले भने विश्वविद्यालयका पदाधिकारी, कर्मचारीको योजनामा निकट विद्यार्थी लगाएर ताला तोडिएको भन्दै भत्र्सना जाहेर गरेको छ ।

अनेरास्ववियू कञ्चनपुरका इन्चार्ज रमेश पन्तले विश्विद्यालय पदाधिकारीको गैर जिम्मेबारीपनका कारण तालाबन्दी बारे वार्ता हुन नसकेको बताए । अनेरास्ववियू जिल्ला इन्चार्ज पन्तले विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले गरिरहेको कार्यले स्वयम आफैलाई क्षति हुने चेतावनी दिए । विश्वविद्यालयले भने विद्यार्थी आफैले तोकेको जनाएको छ ।







