महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका अव्यवस्थित बसोवासी हरुलाई छिट्टै लालपुर्जा वितरण गर्ने गरि तिब्र रुपमा जग्गा नापजाँचको काम भइरहेको छ । भीमदत्त नगरपालिका ४,१७,१५ नम्बर वडामा जग्गा नाप सम्पन्न भइसकेको छ । हाल वडा नम्बर १३ मा जग्गा नापि भइरहेको नगरपालिकाले जनाएको छ । शुक्रबार भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख केशव विष्ट, भूमी आयोग कञ्चनपुरका अध्यक्ष देबेन्द्र ढुंगाना, भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामचन्द्र बोहोरा सहितको टोलिले १३ नम्बर वडामा भइरहेको जग्गा नापजाँचको स्थलगत अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा कार्यवाहक नगरप्रमुख विष्ट, वडाध्यक्ष बोहोराले आयोगको टोलिलाई जनताले छिट्टै लालपुर्जा पाउने गरि काम गरिदिन आग्रह गरेका थिए ।

त्यसपछि आयोगमा अध्यक्ष ढुंगानाले छिट्टै लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको बताए । जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु भीमदत्त नगरपालिकाले सहयोग गरेपछी अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नाप जाँचको काम तिब्र रुपमा भइरहेको आयोगका अध्यक्ष ढुंगानाले बताए । केही महिनाभित्रै नापजाँचलगायतका सबै प्रक्रिया पूरा गरेर नगरबासीलाई पूर्जा वितरण गरिने उनले बताए । कार्यवाहक नगर प्रमुखले अव्यवस्थित बसोवासी तथा भूमिहीन, सकुम्बासीको समस्या समाधान गरी नगरवासीलाई सम्पत्तिको स्वामित्व प्रदान गर्ने कामलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । भीनपा-१३ का महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका अव्यवस्थित बसोवासी हरुलाई छिट्टै लालपुर्जा वितरण गर्नेगरि तिब्र रुपमा जग्गा नापजाँचको काम भइरहेको छ । भीमदत्त नगरपालिका ४,१७,१५ नम्बर वडामा जग्गा नाप सम्पन्न भइसकेको छ । हाल वडा नम्बर १३ मा जग्गा नापि भइरहेको नगरपालिकाले जनाएको छ । शुक्रबार भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख केशव विष्ट, भूमी आयोग कञ्चनपुरका अध्यक्ष देबेन्द्र ढुंगाना, भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामचन्द्र बोहोरा सहितको टोलिले १३ नम्बर वडामा भइरहेको जग्गा नापजाँचको स्थलगत अनुगमन समेत गरेको छ ।

अनुगमनका क्रममा कार्यवाहक नगरप्रमुख विष्ट, वडाध्यक्ष बोहोराले आयोगको टोलिलाई जनताले छिट्टै लालपुर्जा पाउने गरि काम गरिदिन आग्रह गरेका थिए । त्यसपछि आयोगमा अध्यक्ष ढुंगानाले छिट्टै लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको बताए । जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु भीमदत्त नगरपालिकाले सहयोग गरेपछी अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नाप जाँचको काम तिब्र रुपमा भइरहेको आयोगका अध्यक्ष ढुंगानाले बताए । केही महिनाभित्रै नापजाँचलगायतका सबै प्रक्रिया पूरा गरेर नगरबासीलाई पूर्जा वितरण गरिने उनले बताए । कार्यवाहक नगर प्रमुखले अव्यवस्थित बसोवासी तथा भूमिहीन, सकुम्बासीको समस्या समाधान गरी नगरवासीलाई सम्पत्तिको स्वामित्व प्रदान गर्ने कामलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए ।







