कञ्चनपुर: नेकपा माओवादी केन्द्र कञ्चनपुरको जिल्ला पाटी कार्यालय मजदुर भवनमा सारिएको छ । शनिबार एक कार्यक्रमका विच नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरको पाटी कार्यालय मजदुर भवनमा सारिएको हो ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता भुवन सिह विष्टले यस अघि भीनपा १८ जानकी टोलमा रहेको जिल्ला पाटी कार्यालय अहिले पार्टीको भातृ संगठन मजदुर भवनमा सारिएको बताए । उनका अनुसार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्क पाटी निकट अखिल नेपाल टे«ड यूनियन महासंघकै भवनमा कार्यालयमा सम्पर्क कार्यालय सारिएको छ ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेले पार्टीका नियमित कामकाज कार्यक्रम सहजताका लागि कार्यालय आफ्नै मजदुरको भवनमा राखिएको बताए ।







