बेदकोटका ईटा तथा क्रसर उद्योग अनुगमन गर्न माग


कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरका केही स्थानीयले नगरमा रहेका ईटा तथा क्रसर उद्योग मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्नमाग अघि सारेका छन । ईटा तथा क्रसर उद्योग मापदण्ड अनुरुप वा विपरित रहेको अनुगमन गर्दैै कार्बाहीको माग अघि सारेका हुन ।
बुधबार जिल्ला समन्वय समितिलाई डेलिगेशन दिदै मापदण्ड विपरित संचालनमा रहेका ईटा तथा क्रसर उद्योगले अन्नबाली सहित मानव बस्तीमा असर पारेको भन्दै अनुगमन गर्दै कार्बाहीको माग गरेका छन ।
बेदकोटका स्थानीय नरेश भट्टले पालिकामा बुझाएको ज्ञापन पत्र सहित पालिकाबाट दिएको पत्र जिसस प्रमुख दुर्गा प्रशाद बोहरालाई बुझाएको बताए । पालिकाको ज्ञापन पत्र बुझ्दै जिसस प्रमुख बोहराले ईटा तथा क्रसर उद्योगको अनुगमन गरिने आश्वासन दिए ।

Loading Viewer...

ताजा समाचार

spot_img