दोधारा । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा कात्तिकमा बाढी आएर दु:ख देला भनेर सोचेकै थिइनन् । २०७८ साल कार्तिक महिना तिर लाखौं धनमालको क्षति हुने गरी बाढी आएपछि माया देबी सुनार मात्र होईन्, यहाँका स्थानीय सबै त्रसित बने । कात्तिकमा आएको अबिरल बर्षा झरी तथा बाढी संग जुध्नु बाहेक कुनै उपाय थिएन् । बाढी आएपछि राहत दिनेको गैरसरकारी संस्था तथा सरकारी निकायको लर्को लाग्यो । तर पुर्व तयारी नभएको कारण स्थानियहरुलाई ज्यान जोगाउन हम्मे हम्मे पर्यो । नतिजा ठुलो धनमालको क्षती भयो । महाकली नदी र जगबुडा नदीको भंगालो सिधैं बस्ती तर्फ पस्यो । नदीले ल्याएको ठुला ठुला रुखहरु घरमा कोचिए । लहलह पाकेको धान डुबायो, पशुचौपाया बगायो । घरहरु क्षती बनायो । धान वाली पुरिएर क्षणभरमै बगरमा परिणत भयो । यो समस्या कुतियाकवर बस्तीमा मात्रै नभई कुतियाकवर बस्तीका आसपासका बैतिफाँटा, शान्ती टोल, गैरीवारे टोल, अठार नम्वर पिल्लर बस्ती लगाएत बस्तीमा देखियो । ‘त्यसबेला रातभर जाग्राम बस्यौं, बगाएको चौपाया, खाद्यान्न, लत्ताकपडा खोज्नु कि, आफ्नो ज्यान बचाउनु’ माया देबी सुनारले भने । ‘छरछिमेकलाई सहयोग गर्ने कि, आफ्नै घर सम्हाल्ने सकस थियो । पानी परिरहने, घरमुनी, चुलैबाट नदीको पानी कुदिरहने ।


भिजेको कपडाले रात कटायौं’ बिगतको सम्झना गर्दै माया देबी सुनारले भने । ‘मुरी फलाउन मानो रोप्ने महिना हो । कात्तिकमा त, दुख दियो, भने असार साउनको झरीले दुख नदिने कुरै भएन, आकाश मडारिन थालेपछि हामीलाई सधैं पिर हुन्छ, रातभरी झरि पर्दा बाढी आएर थाहै नपाई बगाउछ कि, जस्तो लाग्छ’ अर्का स्थानिय टेक बहादुर सुनारले भने,– ‘यो अहिले देखीको पिडा होईन्, अहिले पनि भोग्दै आएको समस्या हो । हरेक चुनाबमा भोट माग्न नेताहरु बस्ती छिर्छन्, खोला तटबन्धन गर्ने, बाटो घाटो बनाउने प्रतिबद्धताका सपना देखाउछन् । कति, चुनाव आए, गए । तर कहिल्यै जनताको सपना साकार हुन सकेको छैन् । समस्या ज्यूका त्यु छ् । नेताहरु आश मात्र देखाउछन्, प्रभावकारी कामनै हुदैन, बाढी आएपछि रमिता हेर्न आएपछि के गर्ने ? बरु हामी बाटोमा घुडा घुडा हिलोमा हिड्छौ । खोला चाहि थुनिदिनु ।’ टेक बहादुर सुनारले भने । यस्तै मोतिराम सुनारलाई वर्षायामका धेरैजसो रात निन्द्रा लाग्दैन् । मोबाइलको टर्च बालेर खोलाको जलस्तर हेर्न पुग्छन् । विगतमा बाढीले ठूलो क्षति पुर्याएकाले बर्खा लाग्यो कि तर्सिन्छन् ।

महाकाली नदी र जगबुडा नदी कतिखेर उर्लेर कतिखेर बस्ती पस्छ, ठेगान नभएकाले पिरोलिने गरेको उनले बताए । स्थानीय बसन्ती सुनारको अहिले दिनचर्या उनको भन्दा फरक छैन् । पानी पर्न थाल्यो कि बाढीको अवस्था बुझ्न खोला तटमा पुग्छिन् । ‘रातभरि निन्द्रा पर्दैन,’ उनले भनिन, ‘बाढी पस्ने उच्च जोखिम छ् ।’ उनीहरु जस्तै यहााका बासिन्दा लगातार पानी पर्ना साथ रातभर जाग्राम बस्ने गरेका छन् । बाढी पस्ना साथ सुरक्षित स्थानमा आश्रय लिनु पर्ने भएकाले त्रास रहन्छ् ।

कतिपयले वर्षायाम सुरु भएयता नागरिकता, शैक्षिक प्रमाण पत्र र खाद्यान्न नभिज्ने गरी पोको बनाएर राखेको बसन्तीले बताईन् । बाढीले तहसनहस भएका बस्ती पुरानै अवस्थामा राम्रो संग फर्किएको छैन् । बाढी प्रभावित भएर जमिन अन्नवाली गुमाएमा आधा भन्दा बढी नागरिकलाई जीवन गुजारा चलाउने चिन्ता संगै नजिकिदो वर्षाले पनि पिरोल्न थालेको छ् ।






