लागु औषध मुद्दाका फरार अभियुक्त बोहरा पक्राउ


कञ्चनपुर: औषध तस्करीको मुद्दामा कैद र जरिवाना तोकिएको बझाङ्कका धन बहादुर बोहरा पक्राउ परेका छन । बोहरालाई अदालतले लागु औषध मुद्दामा १ बर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो ।

तर बोहराले कैद र जरिवाना भुक्तान नरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बित्थडचिर गाँउपालिका २ बझाङ्गका बोहरालाई पक्राउ गरेर कारागार चलान गरिएको छ । यसरी लागु औषधमा अदालतबाट समेत कैद र जरिवाना भएका लागु औषधका तस्कर ढिलै भएपनि पक्राउ परेपछि नागरिकले समेत अपराध गरे, एकदिन अवश्य सजायभोक्नुपर्ने बताईरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img