बेलौरीकोे रतनपुरमा पानीको निकास नहुँदा उर्बराभूमि समुद्रमा, किसान मारमा


कञ्चनपुर : कञ्चनपुरको बेलौरी ९ रतनपुरमा पानीको निकास नहुदा उर्बराभूमी खेर गईरहेको छ । रतनपुर पुरानो चिनिमिल उत्तरतर्फ पानीको निकास नहुँदा जलमग्न भएको हो । बर्षातमा आउने पानीको उचित निकास नहुँदा खेतीयोग्य भूमि समद्रमै परिणत भएकोे छ । खेती मात्रै होईन स्थानीयलाई आउजाउमा समेत समस्या हुने गरेको छ । स्थानीय दिल बहादुर देउवाले हरेक बर्षातमा वरपरकोे पानी जम्मा भई जलमग्न हुने पानीका कारण अन्नबाली नष्ट हुने गरेको बताए ।

‘अन्न हुने खेतमा पानीको उचित निकास छैन, निकास नहुँदा एकै दिनमा परेको पानी पनि हप्तौँसम्म जम्मा हुन्छ, ‘उनले भने, ‘पानीको उचित निकास नहुँदा हामीहरु मारमा परेका छौँ ।’ पानीको निकास गरिदिन वडा, पालिका, प्रदेश र संघीय सरकार तिनका सम्बन्धीत सरोकारवाला कार्यालयमा धाउदा समेत कुनै निकास नआएको उनले दुखेसो पोखे । ‘यसरी खेतभरी जमेनको पानीको निकासका लागि हामीले वडाध्यक्ष किसान रानादेखि मेयर पोतिलाल चौधरीले समेत स्थलगत अनुगमन गरे तर पनि हामीहरुको समस्या उस्तैछ, ‘उनले भने, ‘हामी अत्यधिक पीडामा छौँ, भएको खेतको अन्नबाली समेत भित्र्राउन पाउँदैनौँ ।’

जनताको समस्यामा जनप्रतिनिधीदेखिका राज्यका निकाय गम्भिर नहुँदाको परिमाण आफुहरुले दुख भोक्नु परेको बताए । खेत भएका किसानले समेत अन्नबाली भ्रित्राउन नपाएपछि युवाहरु विदेशीन बाध्य भएको उनको दुखेसो छ । उनले समयमै जम्ने पानीको निकास गरिदिएर किसानलाई उर्बराभूमि उपभोग गर्न दिनुपर्नेमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img