महेन्द्रनगर: राष्ट्रिय समाचार समिति तथा अन्नपूर्ण पोष्टका जिल्ला संवादाता महादेव अवस्थी सम्मानित हुनुभएको छ ।

बुधबार महेन्द्रनगरमा सम्पन्न कञ्चनपुर जिल्ला क्रिकेट संघको सातौँ जिल्ला अधिवेशन तथा आठौँ साधारण सभाको उद्घाटन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर वहादुर चन्द र जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र वहादुर चन्दले सम्मान गर्नुभएको हो ।

पश्चिमपाटीका सम्पादक समेत रहेका अवस्थीले क्रिकेट खेलको प्रचार प्रसार र खेलको लोकप्रियता अभिवृद्धिमा अवस्थीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै संघले दोसल्ला र सम्मान पत्र प्रदान गरेको हो ।

त्यसैगरी उक्त समारोहमा जिल्ला क्रिकेट संघ कञ्चनपुरका प्रथम अध्यक्ष हरिश थापा, राष्ट्रिय अम्पायर गणेश आग्री, खेलाडी विनोद भण्डारी, माया रावत साउदलाई समेत सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।






