कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जनचेतना सहित बाढीको कृत्रिम नमुना अभ्यास कार्य सम्पन्न गरिएको छ् । निड्स नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ र दोधारा चाँदनी नगरपालिकाको सहयोग र सहकार्यमा बाढी प्रतिकार्यको लागी सचेतना सहित बाढीको कृत्रिम नमुना अभ्यास सम्पन्न गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघको सिआरसी परियोजनाका फिल्ड अधिकृत सुनिल सेठ्ठीले जानकारी दिनुभएको छ् । बाढीको वखत हुनसक्ने सम्म्भावित मानविय तथा भौतिक क्षति रोक्न तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउने उदेश्यका साथ हरेक वर्ष जस्तै यस बर्ष पनि दोधारा चाँदनी नगरपालिकामा रहेको १४ वटा सामुदायिक विपद् व्यवस्थापन समितिहरुलाई सचेतना सहित बाढीको कृत्रिम नमुना घट्ना अभ्यास सम्पन्न गरिएको सिआरसी परियोजनाका फिल्ड अफिसर सुनिल सेठ्ठीले बताउनुभएको छ् ।


समुदाय, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी तथा संघ–संस्थाको साँझा उपस्थितीमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका १४ वटा स्थानमा कृत्रिम नमुना घट्ना अभ्यास सम्पन्न गरिएको सिआरसी परियोजनाका फिल्ड अधिकृत सुनिल सेठ्ठीले बताउनुभएको छ् । कृत्रिम घटना अभ्यासले वाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुग्ने दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् । यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने र वाढी आईहालेमा त्यसको प्रतिकार्य गर्न दोधारा चाँदनी नगरपालिका तयारी जुटेको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो ।


समुदायस्तरमा गठित कार्यदलहरुको खोज तथा उद्धार गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने तथा भविष्यमा हुन सक्ने मानवीय, आर्थिक तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्न सामुदायिक विपद् व्यवस्थापन समिति र समिति अन्तर्गतको कार्यदललाई संगठित गर्न तालिम प्रदान तथा जनचेतनामुलक कार्यक्रम अघि बढाईदै आएको नगर प्रबक्ता धनाडीले बताउनुभयो ।


विपद् प्रतिकार्यलाई सशक्त बनाउन प्रदेश सरकारलाई समेत अनुरोध गर्दै आएको उहाँले बताउनुभएको छ् ।






