कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित


महेन्द्रनगर: कञ्चनपुर जिल्ला क्रिकेट संघको जिल्ला कार्यसमितिको निर्वाचन अन्तर्गत अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिको कार्यालय कञ्चनपुरद्वारा सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा वीरेन्द्रबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा लक्ष्मण दत्त भट्ट, सचिवमा विशाल सोनार तथा कोषाध्यक्षमा भुवन प्रसाद पन्त निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी सदस्य पदमा नरेन्द्रराज भट्ट, कमलेश कुमार कपाडी, निरज चन्द, बृजकिशोर चन्द, धिरेन्द्र चन्द, गणेश आग्री, विनोद क्षेत्री, दीपक चन्द, ज्ञानेश्वर प्रसाद जोशी र सुरेश भट्ट निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्य पदमा माया रावत सावद निर्विरोध निर्वाचित भएकी छन्।

निर्वाचन समितिले प्रकाशित गरेको सूचनाअनुसार तोकिएको समयभित्र दर्ता भएका उम्मेदवारहरू विरुद्ध कुनै प्रतिस्पर्धी उम्मेदवारी नपरेपछि सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।

नवनिर्वाचित कार्यसमितिले कञ्चनपुर जिल्लामा क्रिकेट खेलको विकास, विस्तार तथा खेलाडी उत्पादनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img