दोधारा : कुतियाकवरको विपद पूर्व तयारीः समुदायको लागि सेफ सेल्टर र जमिनको लागि जैविक तटबन्ध निर्माण तथा विकासका कार्यमा आर्थिक पार्दशिता बढाउने उदेश्यका साथ् विपदको समयमा सुरक्षित आश्रय स्थलको लागि कुतियाकवर समुदायमा निर्माण गरिन लागेको सेफ सेल्टरको प्रगति तथा आर्थिक गतिबधिको जानकारी दिन कुतियाकवर बिपद् ब्यवस्थापन समितिले सामाजिक लेखा परिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न गरेको छ । बाढी तथा डुबानको समयमा सुरक्षित आश्रय स्थल को लागि कुतियाकवर बिपद् ब्यवस्थापन समितिले सफे सेल्टर निर्माण कार्य सुरु गरेको समितिका अध्यक्ष टेक बहादुर सुनारले बताएका छन् । जम्मा सत्ताइश लाख लागत अनुमान गरिएको उक्त निर्माण कार्य मा निड्स नेपाल को पन्ध्र लाख, एनएनएसडब्लुए को छ लाख, नगरपालिका को पाँच लाख र स्थानीय समुदायको दुई लाख लागत साझेदारी गरिएको र साझेदारी मध्ये निड्स नेपाल को नौ लाख एकाशी हजार छ सय एकाउन्न र एनएनएसडब्लुए को एक लाख अशि हजार रकम निर्माण कार्यका लागि कुतियाकवर बिपद् ब्यवस्थापन समितिको कोष मा आइ सकेको सो मध्ये हाल सम्म रु.नौ लाख एकचालीस हजार चारसय उन्पन्चास रुपया निर्माण मा खर्च भएको कुरा जानकारी गराइएको थियो। यस बर्षको बर्षात सुरु भए संगै महाकाली नदीमा बढ्दो पानीको बहावले दोधारा चाँदनी नगरपालिका– १० को कुतियाकवर क्षेत्रको खेतीयोग्य जग्गा कटान गर्ने कार्य तिब्र पारेको छ ।

नेपाल को दक्षिण पश्चिम को अन्तिम बस्तीको रुपमा रहेको कुतियाकवर समुदयामा ४२ घरधुरी रहेको छन । यो समुदाय प्रतेक बर्ष महाकाली र जोगबुढा नदीका कारण डुबान तथा कटान को समस्या भोग्दै आएको छ । यस वर्ष पनि महाकाली नदीले बस्ति नजिक को खेतीयोग्य जमिन कटान गर्न थाले पछि स्थानीय विपद ब्यबस्थापन समिति को अनुरोधमा दोधारा चाँदनी नगरपालिकाले तत्काल नदिले गर्दै गरेको जमिन कटान रोक्न जैविक तटबन्ध निर्माण कार्य को लागि विपद ब्यबस्थापान को क्षेत्रमा कार्य गर्दै आइरहेका गैर सरकारी संस्थाहरु निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ लगायतका संस्था संग सहकार्य गर्दै जैविक तटबन्ध निर्माण कार्य अगाढी बढाएको छ। विपद को समयमा सुरक्षित आश्रय स्थल को लागि कुतियाकवर समुदायमा निर्माण गरिन लागेको सेफ सेल्टर को प्रगति तथा आर्थिक गतिबधिको जानकारी दिन कुतियाकवर बिपद् ब्यवस्थापन समितिले आयोजना गरिएको सामाजिक लेखा परिक्षण कार्यको संगै नदि कटान क्षेत्रको स्थलगत अनुगमन गरिएको थियो । संयुक्त स्थलगत अनुगमान मा स्थानीय समुदाय, दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्ट, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका उपसभाति कमला उपाध्याय, निड्स नेपाल का सचिब देब चन्द्र उपाध्या, परियोजना संयोजक केशब राज पन्त, नेपाल राष्ट्रिय समाज कल्याण संघका वातावरण विद गणेश ठगुन्ना, डिसीए नेपालका परियोजना प्रबन्धक दिनेश गुरुङ्ग लगाएतको पस्थिति थियो।

बिस्तारै महाकालीमा बढ्दै गएको पानीको बहाब स्थानीयको खेतीयोग्य जमिन तिर कटान गर्न थालेपछि एक साता देखि कुतियावकर बस्ती र जमिन लाइ बचाऊन आवश्यक अल्पकालीन विकल्पको रुपमा जैविक तटबन्ध निर्माण कार्य आगाडी बढाईएको र तत्काल आवश्यक निर्माण सामग्री को आपूर्तिको लागि नगरपालिकाले झन्डै ४००० खाली बोरा जनताको तटबन्ध कार्यक्रम संग सहकार्य गरि समुदाय लाइ उपलब्ध गराई सकेको नगर उप प्रमुख गंगा जोशी ले जानकारी दिएकि छन् । वडा नम्बर १० कार्यालय को आगुवई मा तयार पारिएको लागत अनुमान अनुसार तत्काल जैविक तटबन्ध निर्माण गर्न आवश्यक पर्ने रकम रु. छ लाख एक हजार दुइ लाख नब्बे मध्ये निड्स नेपाल बाट रु. एक लाख र अन्य नगरपालिका को विपद कोष तथा सहयोगी संस्था हरु बाट ब्यबस्था गर्ने दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले जानकारी जानकारी दिएका छन्। नेपाल तिर महाकाली नदी र भारत तिर बात आउने जगबुडा नदीको तटिय क्षेत्रका रुपमा रहेको कुतियाकवर बस्ति लामो समयदेखि बाढी जन्य विपदको उच्च जोखिममा रहेको र स्थानीय समुदाय पनि आर्थिक बिपन्न र सामाजिक रुपमा पछाडी परेको अबस्थामा निड्स नेपाल ले २०६५ साल देखि नै यस समुदायका हक, हित, क्षमता विकास तथा बिपत प्रतिकार्य जस्ता कार्यक्रम मार्फत समुदायको सशक्तिकरणका साथै स्थानीय बासिन्दाको जिउधनको रक्षा तथा जिविकोपार्जनको मार्फत आर्थिक आयस्तर सहयोग गर्दै आएको निड्स नेपाल का का सचिब देब चन्द्र उपाध्याले बताउनु भयो । नदीले बस्ती नजिक कटानी गर्न थाले संगै त्रशित भएका स्थानियबासीमा कुतियाकवर बिपद् ब्यवस्थापन समितिको आगुवई र सहयोगी संस्था निड्स नेपाल तथा स्थानीय सरकार को तत्परतामा निर्माण गरिन लागेको जैविक तटबन्ध को अनुगमनले नदि कटान नियन्त्रण कार्य सशक्त रुपमा आगढ़ी बढ्ने कुराले खुशी छाएको स्थानियहरुले बताएका छ्न ।











